कमल गाउँपालिकाको आयोजनामा वृहत साहित्यिक कार्यक्रम हुने भएको छ ।
वाल्मिकी वृहत साहित्यिक कार्यक्रम गर्नका लागी आगामि फागुन ७ गतेका दिन कमल गाउँपालिका ३ स्थित वाल्मिकी आश्रम तथा सिमसारक्षेत्रमा कार्यक्रम गर्ने गाउँपालिकाले जनाएको छ ।
कार्यक्रम सम्पन्न गर्नका लागी मंगलवार बसेको मुलसमितीको बैठकले विभिन्न उपसमिती गठन गरेको छ । जस अनुसार कार्यक्रम स्थलको सरसफाई तथा मन्च व्यवस्थापन का लागी वाल्मिकी आश्रम तथा सिमसार क्षेत्रका सम्पुर्ण समिती र सानुकेर्खा युवा क्लवका समिती अतिथी आमन्त्रण तथा सत्कार उपसमिती मा हेमनाथ अधिकारीको संयोजकमा अग्नि प्रसाद कोईराला, नर बहादुर दाहाल , गोविन्द प्रसाद पौडेल र गोपाल झापाली तथा प्रचार प्रसार उपसमितीको गोपाल झापालिको संयोजनमा उमनाथ भण्डारी, विक्रम बस्नेत, विष्णु पोख्रेल, टीकाराम उप्रेती,विष्णु सुब्बा, बलिभद्र कोईराला, उत्तम रिजाल शाकिराम पोख्रेल, त्यसैगरी स्वयम सेवक परिचालन समिती संयोजनमा गोविन्द प्रसाद पौडेल सदस्यमा शोभित गुरुङ्ग, प्रीतिका सुवेदी, नरप्रसाद दंगाल, भीमचन्द्र न्योपाने लेखनाथ खतिवडा रहेको गाउँपालिकले जनाएको छ ।
अनुगमन समितीमा गाउँपालिका अध्यक्ष मेनुका काफ्लेको संयोजनमा बेनु सिवाकाटी, युवराज ढकाल, केदार कटुवाल, ताराप्रसाद न्यौपाने, नरप्रसाद दंगाल, प्रेम राई, डम्बर निरौला, पृथ्विपती राई, खेमलाल वि क, चक्र वहादुर गुरुङ्ग सहितको समिती गठन गरेको गाउँपालिकाले जनाएको छ ।