कमल, ३ फागुन÷ गाउँपालिकाको आयोजनामा हुन लागेको वृहत वाल्मिकी साहित्य सभा कार्यक्रम गर्ने स्थान को आज सरसफाई गरीएको छ ।
प्रजातन्त्र दिवस २०७५को अवसर पारि आगामी फागुन ७ गते का दिन कमल गाउँपालिका ३ सानो केर्खा स्थित प्राचिन वाल्मिकी आश्रम तथा सिमसार क्षेत्रमा नेपाल प्रज्ञा प्रतिष्ठानका उप कुलपति प्राध्यापक डाक्टर जगमान गुरुङ्गको प्रमुख आतिथ्यमा वृहत वाल्मिकी साहित्यिक सभा हुने यस ऐतिहासिक स्थानको सरसफाई गरीएको प्राचिन वाल्मिकी आश्रम तथा सिमसार क्षेत्रका अध्यक्ष चक्र गुरुङ्गले जानकारी दिनुभयो ।
सरसफाई कार्यक्रममा प्राचिन वाल्मिकी आश्रम तथा सिमसार क्षेत्रका समिती, नेपाली सेना २१ नंम्वर वाहिनी, सानुकेर्खा युवा क्लव तथा स्थानिय को सहयोगमा सरसफाई गरिएको हो ।
\