घरेलुतथा साना उद्योग कार्यलयद्वारा कमलमा उद्यम विकास तालिम प्रदान

उमानाथ भण्डारी

कमल । घरेलुतथा साना उद्योग कार्यलय झापाको आयोजनामा दशदिने उद्यम विकास तालिम सम्पन्न भएको छ ।
झापाको कमल गाउँपालिकामा रहेका व्यवसायी र व्यवसाय गर्न चाहाने युवाहरुलाई लक्षित गरेर तालिम सन्चालन गरीएको हो ।
तालिममा सहभागीलाई व्यवसाय के हो , व्यवसायको दर्ता प्रक्रिया ,व्यवसायका छनौटका आधार के के हुन् ,व्यवसायका जोखिम, चुनौती र अवसर ,व्यवसायीक छनौट , वैंकिङ्ग प्रोशेस ,सफल उद्यमीका विषेशता लगायतका विषयमा प्रशिकक्षक द्वय वरिष्ठ उद्यम विकास सहजकर्ता चनिमाया तामाङ्ग र सहजकर्ता हर्क बहादुर वि.क.ले सहजीकरण गरेका थिए ।
कमल गाउँपालिका ५ स्थित पाथिभरा बहुउद्येश्य कभर्टहलमा भएको तालिम समापन कार्यक्रममा बोल्दै घरेलुतथा साना उद्योग कार्यलय झापाका प्रमुख चन्द्र प्रसाद मिश्रले तालिममा सिकेका कुरालाई व्यवहारमा लागुगर्न सहभागीलाई सुझाव दिएका थिए भने प्रमुख अतिथी वडा नम्बर ५ का वडा अध्यक्ष डम्बर निरौलाले यस किसिमका तालिमले व्यवसाय सन्चालक लाई आफुले कस्तो व्यवसाय सन्चालन गर्नुपर्ने रहेछ बजारको माग के छ जस्ता कुराहरुको ज्ञान हुने भएकोले यो तालिम उपलब्धिमुलक भएको बताए ।

तालिममा सहभागीका तर्फ बाट राम प्रसाद नेपाल र मोनिका राई ले १० दिन सम्म सिकेका कुरा लाई व्यवहार उतार्ने प्रतिवद्धता जनाउनुका साथै यस्तो तालिम समय समयमा हुनुपर्ने बताए । कार्यक्रम लाई कार्यलयका कर्मचारी बालकृष्ण दाहालले सन्चालन गरेका थिए ।
तालिममा कमल गाउँपालिकाका २ महिला र १५ जना पुरुष गरी १७ जनाको सहभागी रहेको थियो । यस आर्थिक वर्षमा कार्यलयले बुद्धशान्ति गाउँपालिका , भद्रपुर नगरपालिका र कमल गाउँपालिका गरी १ सय ८० जना लाई तालिम दिएको र बाँकी गाउँपालिकामा क्रमस तालिम सन्चलन गरीले कार्यत्रलय प्रमुख मिश्रले जानकारी दिए ।

Back to top button