बोल माया पछी अञ्जली अधिकारी अभिनित नयाँ गीत “भाग्य यस्तै”

चर्चित संगीत रियालिटी शो ‘नेपाली तारा’को सिजन–३ बाट एकाएक चर्चामा आएकी गायिका जलजला परियारको नयाँ गीत “भाग्य यस्तै” सार्वजनिक भएको छ।

उनीसँगै गायक क्रिस पिकेको समेत स्वर रहेको यो गीतले बाध्यताले विदेशिने नेपाली युवाको कथा बोल्छ।

निर्प प्रमोद जोशीको शब्द रहेको गीतमा म्यूजिक र एरेन्ज विशाल निरौलाको छ। अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतमा लोकदोहोरी क्षेत्रकी व्यस्त मोडल अञ्जली अधिकारीले तथा
कुमार श्री ले अभिनय गरेका छन्।

उक्त गीतको भिडियो निर्देशन सिर्जन बरालले गरेका हुन् , भने हामीकहाँ विदेशिनु बहुसंख्यक नेपालीको बाध्यता हो, यही कटु यथार्थलाई हामीले गीतमार्फत प्रस्तुत गरेको उक्त गित का
संगीतकार विशाल निरौलाले कमल खबर डट कम जानकारी दिनु भयो ।

https://www.youtube.com/watch?v=Fo_Lrhw7P9I

Back to top button