‘मेस्सीभन्दा एमबाप्पे खतरनाक प्रतिद्वन्द्वी हुन्’

युरोपियन च्याम्पियन्स लिग फुटबलमा अन्तिम १६ अन्तर्गत दोस्रो लेगको खेलमा आगामी मार्च १४ मा स्पेनिस बार्सिलोना र फ्रेन्च क्लब लियोन भिड्दैछन् । यसअघि लियोनको घरमा भएको पहिलो लेगको खेल ०–० मा टुंगिएको छ ।

तसर्थ, अब बार्सिलोनाको घरमा हुने दोस्रो लेगको खेल दुवै टोलीका लागि अन्तिम लडाइँ हुनेछ । तुलनात्मक रूपमा बार्सिलोना आफ्नो घरमा खेल्ने भएकाले उसलाई सो खेलमा राहत मिल्नेछ ।

पहिलो लेगको खेलपछि लियोनका डिफेन्डर मार्सेलाले बार्सिलोनाका कप्तान लिओनल मेस्सी उति खतरनाक र कठिन प्रतिद्वन्द्वी नभएको बताएका छन् । मार्सेलाले पिएसजीका युवा फरवार्ड एमबाप्पे यो सिजन उत्कृष्ट लयमा रहेको बताउँदै हालको अवस्थमा मेस्सीभन्दा एमबाप्पे जो कोहीका लागि खतरनाक प्रतिस्पर्धी रहेको बताएका हुन् ।

ब्राजिलका डिफेन्डर मार्सेलाले ‘गोल’सँगको अन्तर्वार्तामा मेस्सी र एमबाप्पबेबारे बोलेका छन् । ‘यो सिजन मैले एमबाप्पेविरुद्ध खेलें, उनले मलाई निकै कठिन बनाए,’ मार्सेलोले भने, ‘तर, मेस्सीले मंगलार राम्रो खेलेनन्, उनलाई रोक्न मलाई कुनै समस्या भएन ।’

मार्सेलोले एमबाप्पे तीब्र गतिका फरवार्ड भएकाले उनी यस घडीमा मेस्सीभन्दा ज्यादै खतरनाक रहेको बताए । ‘तीब्र गति, लामो पास तथा बल छलाउने कलाका कारण यतिबेला एबाप्पेलाई रोक्न ज्यादै कठिन छ,’ उनले थपे ।

मार्सेलोले एमबाप्पे चाँडै विश्वकै उत्कृष्ट खेलाडीमा चिनिने बताए । ‘मेरो विचारमा रोनाल्डो र मेस्सीको स्थानमा पुग्न एमबाप्पेलाई अब धेरै समय लाग्दैन,’ मार्सेलाले भथपे, ‘उनी साँच्चै ठूला खेलाडी हुन् ।’

Back to top button