करेण्ट लागेर प्राधिकरका कर्मचारीको मृत्यु

 ओखलढुंगाको सिद्धीचरण नगरपालिका-२ ठुलाछाप भन्ने स्थानमा बिहीवार करेण्ट लागेर प्राधिकरणका कर्मचारीको मृत्यु भएको छ । दिउँसो साढे ३ बजे बिजुलीको पोलमा चढेर काम गर्ने क्रममा अचानक करेण्ट लागेर सिद्धीचरण नगरपालिका-१२ भडारे घर भई विद्युत प्राधिकरण ओखलढुङगाका प्रबिधिक बर्ष ३१ को जनक गुरुङ घाइते भएका थिए । करेण्ट लागेर गम्भीर घाइते
भएका गुरुङलाई उपचारको लागि मिसन अस्पताल ओखलढुंगा पठाईएकोमा उपचारको क्रममा अपरान्ह ४:४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

Back to top button