फागुन १५, कमल ÷ झापाको कमल गाउँपालीका ३ निवासि पुर्ण कुमारी परियार लाई आज एक कार्यक्रमका विच सहयोग रकम हस्तान्तरण गरीएको छ ।
२ वर्ष अगाडी देखी मृगौला , पाठेघर र कलेजो बाट पिडित परियार लाई युनिक कलेज साहित्यीक मन्च दमक र मोडल क्याम्पस साहित्यीक मन्च दमक परिवार को तर्फ बाट संकलन गरीएको १० हजार १ सय ७५ रुपैया सहयोग रकम पिडीत परियार लाई हस्तान्तरण गरिएको मोडल क्याम्पस साहित्यीक मन्चका अध्यक्ष जितेन सामपाङ्ग ले बताए ।
३ छोरा र १ छोरी कि आमा पुर्ण कुमारी परियार का श्रीमान् साईकल मर्मत गर्ने काम गर्नु हुन्छ । विहन बेलुको छाक टार्न समस्या छ । खर्च अभावका कारण श्रीमती लाई ठुलो अस्पतालमा लगेर उपचार गराउन सक्ने अवस्था छैन । फेरी हामि जस्ताको ठुलो अस्पताल सम्म पौच पनि छैन । पैसा र पहँुच भएको भए मेरी श्रीमतीको यो अवस्था हुने थिएन भन्छन् उनका श्रीमान हिरालाल परियार
जसरी विध्यार्थिले आफ्नो खाजा खर्च काटेर आज यो रकम पिडितको उपचार वापत सहयोग गरे यदि तपाई हामीले पनि थोरै थोरै रकम सहयोग गर्न सके पुर्ण कुमारीले नयाँ जिवन पाउनु हुन्थ्यौ होला ।