सताक्षीधाममा किरात मन्दिर निर्माणका लागी सृजना सम्बाहम्फे बाट एक लाख रुपैया प्राप्त

अनिलदेब राई

झिलझिले (सम्झाना चौक), २० फागुन–धार्मीक एबम् पर्यटकीयस्थल सताक्षीधाम परिसरमा निर्माणधिन किरात तेमेनलुम किरात (माङहिम) मन्दिरलाई देश तथा बिदेशमा रहेका किरात धर्मप्रेमीहरुबाट आर्थिक सहयोग प्रदान गर्ने क्रम बढ्दै गएको छ । यसैबीच, हालः अमेरिकामा बसोबास गर्नुहुने सृजना सम्बाहाम्फेले आफ्नो धर्म, भाषा र संसकार–संस्कृतिसहित पहिचानलाई बचाईराख्न तेमेनलुम माङहिमको भूमिका महत्वपूर्ण रहने भन्दै रु एक लाख आर्थिक सहयोग प्रदान गर्नुभएको छ । झापा, शिबसताक्षी–८ झिलझिले निवासी सम्बाहाम्फे हालः रोजगारीको शिलशिलामा परिवारसहित अमेरिकामा बसोबास गर्दैआउनुभएको छ ।
त्यस्तैं, माङहिम निर्माणमा हङकङमा बसोबास गर्नुहुने याम कुमारी लावोतिले रु ३५ हाजर प्रदान गर्नुभएको छ । समितिका अध्यक्ष एबम् झापा, शिबसताक्षी–८ गुरास चौक निवासी सन्त फेवादेनले रु ५१ हजार, बरिष्ठ उपाध्यक्ष एबम् शिबसताक्षी–१ धरमपुर चौककी महिला नेत्री जयकुमारी चेम्जोङले रु ५१ हजार, उपाध्यक्ष एबम् दमक निवासी तारा शेर्माले रु ५१ हजार, सचिव एबम् शिबसताक्षी–१ का प्रेम शेर्माले रु ५१ हजार, सहसचिव एबम् शिबसताक्षी–३ पाराबारीका देबीहादुर (प्रताप) निङलेकुले रु ५१ हजार र आर्थिक बिभागका संयोजक एबम् शिबसताक्षी–८ सम्झाना चौकका युवा व्यवसायी दीपककुमार ९बिकेन० मेन्याङ्बोले रु ७१ हजार प्रदान गर्नुभएको छ ।
यता, समितिका सदस्य एबम् झिलझिले निवासी सुमित्रा मादेनले रु ५१ हजार, शिबसताक्षी–८ का आनबहादुर मेन्याङबोले रु ५१ हजार, शिबसताक्षी–११ दुधेकी सावित्रा सेनेहाङले रु ५१ हजार, शिबसताक्षी–८ का हरिप्रसाद लिम्बुले रु १० हजार १ सय, शिबसताक्षी–१ का तिलकुमार शेर्माले रु १० हजार १, शिबसताक्षी–८ का चन्द्रमति नेम्बाङले रु ११ हजार १११ प्रदान गर्नुभएको छ ।
किरात माङहिम निर्माणमा गैह्रकिरात प्रेमकुमारी घिमिरेले पहिलो पटक आर्थिक सहयोग प्रदान गर्नुभएको छ । शिबसताक्षी–८ निवासी घिमिरेले रु १५ हजार १०५ प्रदान गर्नुभएको हो । शिबसताक्षी–८ निवासी अर्जुनकुमार लावतीले रु २५ हजार, शिबसताक्षी–८ की कविता थेबेले २५ हजार १९९, शिबसताक्षी–८ झिलझिले निवासी तथा पूर्व प्रहरी सहायक निरीक्षक लवकुमारी राई शेर्माले रु ५१ हजार, कमल गाउँपालिका–४ का विष्णुमाया बेघाले रु ५१ हजार, शिबसताक्षी–८ झिलझिलेका पुराना समाजसेवी सुकन्या सुब्बाले रु २१ हजार, कमल–४ का सुर्य याक्पादेन लिम्बुले रु ११ हजार प्रदान गर्नुभएको छ ।
शिबसताक्षी–तेमेनलुम किरात माङहिम सताक्षीधाम झापाका अध्यक्ष सन्त फेवादेनका अनुसार पूर्वको प्रसिद्ध धार्मीक एबम् पर्यटकीयस्थल सताक्षीधाममा माङहिम निर्माणमा रु १ करोड ८२ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ । ७ कठ्ठा क्षेत्रफल भएको जमिनमा सो माङहिमसहित किरात धर्म, भाषा र संस्कार–संस्कृतिको संरक्षण गर्न किरात राजा यलम्बर, किरात धर्मगुरु तथा राष्ट्रिय बिभुती फाल्गुनन्द र किरात लिपीकार श्रीजंङ्गासिंह थेबेको प्रतिमा निर्माण गरिने, अध्यक्ष फेवादेनले बताए ।
समितिले देश बाहिर बिभिन्न मुलुकहरुमा छरिएर रहेका नेपाली दाजुभाई तथा किरात धर्मप्रेमीहरुलाई माङहिम निर्माणमा सहयोगको निम्ति अपिलसहित सम्बन्धीत मुलुकहरुमा एक–एक जना संयोजकको जिम्मेवारी दिइएको छ । अमेरिकामा रोशमन राईलाई संयोजक तोकेको छ । युकेमा भक्ति शेर्मा, हङकङमा यामकुमारी लावती, इजरायलमा कल्पना लावती, दुबईमा विकास शेर्मा, कोरियामा डिल्लि शेर्मा, कतारमा गजेन्द्र सम्बाहाम्फे र बहराईनमा दिलसिंह लावतीलाई संयोजक तोकिएको छ ।
त्यस्तैं, मेलेशिया, साउदी अरव, सिकिम, भुटान, अस्टेलिया, जापान लगायतका मुलुकहरुमासमेत प्रवास समितिबिस्तार गरिने आर्थिक बिभाग प्रमुख मेन्याङबोले जानकारी गराए ।

Back to top button