कमल , २३ फागुन ÷ झापाको कमल गाउँपालिका ३ स्थित श्री हरिकिर्तन मुक्तेश्वर शिवालयले निर्माण गर्न लागेको सामुदायीक भवनको आज एक कार्यक्रम विच प्रदेश नम्बर १ का सभासद ईन्दिरा राईले शिल्यान्यास गर्नु भएको छ ।
शिवालयलको २२ औं वार्षिकोत्सवको उपलक्ष्यमा सन्चालन भैरहेको श्रीमद् देवी भागवत महापुराण ज्ञानमहायज्ञ को आज तेश्रो दिनको अवसरमा भवनको शिल्यान्यस का साथै सभासद राई लाई अभिन्नदन गरीएको हो ।

राई लाई कमल गाउँपालिका बाटै पहिलो सांसद रुपमा र सामुदायिक भवन निर्माणका लागी निर्वाचन क्षेत्र पुर्वाधार विकासकोष अन्तरगत १५ लाख रुपैया उपलब्ध गराए वापत अभिनन्दन गरीएको श्री हरिकिर्तन मुक्तेश्वर शिवालय सन्चालक समितीका अध्यक्ष रामचन्द्र बरालले अभिनन्दन पत्र द्वारा सासद राई लाई अभिनन्दन गर्नुभएको थियो ।
नवाह पुराणमा पंण्डित विधुषी गरिमा उपध्याय को मुखरबिन्दा बाट कथा प्रवचन तथा पाठ पारायण पंण्डित श्री रुद्र सरण आचार्य बाट हुने र हरेक दिन भजन, कीर्तन, झाँकी, सहित कार्यक्रम प्रस्तुत गरीने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।