अन्तर माध्यमिक विद्यालय स्तिरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

कमल , २४ फागुन ÷ कमल गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तिरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
नेपाल विद्यार्थि संघ झापा जील्ला को नीणय तथा नेपाल बीध्यार्थि सघ कमल गाउँ पालीका समीतीको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा ९ वटा विद्यालय सहभागी रहेका थिए । सहभागी विद्यालय मध्ये पहिलो स्थान निहारिका अङ्ग्रेजी माध्यमिक विध्यालय कमल 3 ले प्राप्त गरेको छ । उसले नगद ५ हजार रुपैया , प्रमाणपत्र ,मेडल प्राप्त गरेको छ । त्यसैगरी द्वितिय स्थान कमल २ स्थित महेन्द्ररत्न माध्यमिक विध्यालय ले जितेको छ । उसले नगद ३ हिजार रुपैया सहित प्रमाणपत्र ,मेडल प्राप्त गरेको छ । त्यसैगरी तृतिय स्थान कमल ६ स्थित मंगलमय माध्याकि विध्यालले हाँसिल गरेको छ । उसले नगद २ हजार सहित प्रमाणपत्र ,मेडल प्राप्त गरेको आयोजकले जनाएको छ ।
विजेतालाई कार्यक्रमका प्रमुख अतिथी नेपाली काग्रेस जील्ला सदस्य तथा समाजसेबी आदरणीय युबा नेता हुकुम सीह राईले नगद तथा प्रमाणपत्र प्रदान गर्नु भएको नेपाल विद्यार्थि संघ झापा जील्ला सदस्य तथा कार्यक्रम संयोजक आशिस लिम्बुले जानकारी दिए ।
नेपाल विद्यार्थि संघ कमल गाउँपालिका का सभापति जितन राईको सभापतित्वमा भएको कार्यक्रम मा विशेष अतिथी झापा जिल्ला नेबि संघ सभापति राजेन्द्र उप्रेती ,कोषाध्यक्ष नबराज ढकाल लगायतको उपस्थितीमा कार्यक्रम सप्पन्न भयोको नेपाल विद्यार्थि संघ कमल गाउँपालिका सचिव तथा कार्यक्रमका सह संयोजक निशान रिमाल ,ले जानकारी दिए ।
प्रतियोगितामा सहभागी सम्पुण विध्यार्थि लाई गोल्डेनगेट ईस्टिच्युट दमकले एक प्रथम हुने विध्यार्थि लाई एक वर्षे कम्प्युटर कोर्ष निशुल्क उपलब्ध गराउने आयोजकले जनाएको छ ।

Back to top button