कमल , २४ फागुन ÷ “लैंगिक समानताका लागी समान सोच र व्यवहार ः ,सम्वृद्धिको आधार ” भन्ने नारा सहित आज देशभर १०९औं अन्तराष्ट्रिय श्रमकि महिला दिवस विभिन्न कार्यक्रमगरी मनाईएको छ ।
यसक्रममा झापाको कमल गाउँपालिकाले पनि विविध कार्यक्रमका साथ १०९औं अन्तराष्ट्रिय श्रमीक महिला दिवस मनाएको छ । कार्यक्रममा केर्खा बजार परिक्रमा सहित शहिद धर्म भक्त माध्यमिक विद्यायलयमा भएको कार्यक्रममा महिला हकहितकलागी योगदान पुर्याउनुहुने महिला लाई सम्मान समेत गरीएको थियो
यसरि सम्मानित हुनेमा हरिमाया मैनाली, प्रेमकुमारी निरौला, तारा काफ्ले र गिता गजुरेल लाई कार्यक्रमका प्रमुख अतिथी कमल गाउँपालिका का अध्यक्ष मेनुका काफ्लेले सम्मान पत्र द्वारा सम्मान गर्नु भएको थियो ।

गाउँकार्यपलिका सदस्य तारा बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा का गाउँपालिका का प्रमुख प्रशासकिय अधिकृत युवराज ढकाल,कार्यपालिका सदस्य गिता गजुरेल, विध्यालयका प्रधान अध्यापक काजिमान पौडेल लगायतले महिला दिवशका बारेमा बोल्नु भएको थियो ।
तुलसि काफ्ले र प्रितिका सुवेदीले सन्चालन गरेका थिए भने कार्यक्रमा उपस्थि अथिती तथा सहभागी लाई कमल गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख रेनुका गौतमले साब्दिक शब्दले स्वगत गर्नु भएको थियो ।