एकराज भण्डारी
कमल, २९ फागुन ÷ कमल गाउँपालिका शिक्षा शाखाको आयोजनामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका विषयमा आज शैक्षिक अन्तरक्रिया सम्पन्न भएको छ ।
गाउँपालिकामा भएका २१ वटा सामुदायिक विध्यालयका प्रधान अध्यापक ,व्यवस्थापन समिती, शिक्षक अभिभावक संघ ,राजनैतिक दल , जनप्रतिनिधी तथा सरोकारवाला विच शैक्षिक अन्तरक्रिया सम्पन्न भएकोे हो ।

कमल गाउँपालिकामा शिक्षा शाखाका प्रमुख भोलानाथ दाहालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले , विषेश अतिथी प्रमुख प्रशासकिय अधिकृत युवराज ढकाल, वडा अध्यक्ष सहितको कार्यक्रममा कमल गाउँपालिका शिक्षक महासंघका अध्यक्ष हिम प्रसाद दाहालले कमल गाउँपालिकाको शिक्षा सुधारका लागी शिक्षक महासंघको भुमिका विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी श्रोतव्याक्ति केशव भट्टराईले झापा र ईलामका नमुना विध्यालयमा गरीएको शैक्षिक अवलोकन भ्रमणका क्रममा देखिएका उपलव्धि र चुनौतिका विषयमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा आगामि शैक्षिकसत्रमा के गरे शिक्षाको गुणस्तर सुधार्न सकिन्छ भन्ने विषयमा प्रधान अध्याक , शिक्षक अभिभावक संध, विध्यालय व्यवस्थपन समिती र शिक्षा समितीको अलग अलग समुह बनाएर छलफल गरीएको थियो ।