एक हप्ते आधारभुत पत्रकारीता तालिम शुरु

कमल ÷ पत्रकार मञ्च दमकको आयोजना तथा दमक नगरपालिकाको आर्थिक सहयोगमा आजबाट एक हप्ते आधारभुत पत्रकारीता तालिम शुरु भएको छ ।
प्रमुख अतिथी दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले पत्रकार भनेका समाजका आँखा हुन् समाज भित्ररहेका सकारात्मक कुरालाई सन्देशको रुपमा आम जनतालाई सुचित गराउने काम पत्रकारको हो । नकारात्मक कुराले समाज लाई ठुलो असर पार्नेभएको ले त्यस्ता कुरा बुझेरमात्र प्रकासन र प्रशारण गर्नुपर्ने मेयर ओलीले बताए ।
कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष पशुपतिराज गौतम ,संङ्गघीय प्रेस फोरम प्रदेश नम्बर १ का अध्यक्ष फिफराज वेघा, ,संङ्गघीय प्रेस फोरम का केन्द्रिय सचिव कमन देवान, पत्रकार महासंघ प्रदेश नम्बर १ का सदस्य विमल लामिछाने लगायतले तालीम सफलताको शुभकमना मन्तव्य राखेका थिए
तालिममा दमक नगरपालिका आसपासका २४ जना सहभागी रहेका थिए सहभागी लाई फिचर लेखन,फिचरको महत्व , फिचर लेखन अभ्यास, मिडियार सामाजिक सन्जाल, फोटो रफोटोको महत्व ,प्रेस कानुन, समसामयिक ऐन लगायतका विषयमा , डिकेस लामा, गोपाल झापाली,तिर्थ सिग्देल ,विष्णु सुब्बा, विमल लामिछाने लगायतका पत्रकारले सहजीकरण गर्ने मञ्चले जनाएको छ ।
पत्रकार मञ्च दमकका अध्यक्ष मनकुमार गदाल को अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रमकमका अतिथी लगायत सहभागी लाई सह सचिव उमानाथ भण्डारीले साब्दिक शब्दले स्वगत गरेका थिएभने सचिव देशराज नेम्वाङ्गले सन्चालन गरेका थिए ।

Back to top button