कमल ÷ यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थावत् एसईई परीक्षा आज बाट सकिएको छ ।
चैत १० गते अग्रेजी विषयको परिक्षा बाट सुरुभएको परिक्षा आज ऐछिक विषय लेखा र शिक्षा विषयको परिक्षा दिए पछि यस वर्षको एसईई परिक्षा सकिएको हो ।
परिक्षामा देशभरवाट ४ लाख ७५ हजार ३ जना विध्यार्थि परीक्षामा सामेल भएको परीक्षा नियन्त्रण कार्यलय सानोठीमी का परीक्षा नियन्त्रक विष्णु अधीकारीले जानकारी दिए ।
परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिकधारका परीक्षार्थी सहभागी भएका थिए । परीक्षामा २ लाख ३६ हजार ४४५ छात्र र २ लाख ३८ हजार ५५८ छात्रा रहेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।
त्इसैगरी झापाको कमल गाउँपालिका बाट ९ सय १६ जना विध्यार्थि सहभागी रहेको कमल गाउँपालिका शिक्षा शाखा प्रमुख भोलानाथ दाहालले जानकारी दिए ।
कमल गाउँपालीकामा ४ वटा केन्द्र बाट परिक्षा सन्चालन भैरहेकोको जसमा शहिद धर्मभक्त माध्यमिक विध्यालय केन्द्रमा २ सय ४२ जना विध्यार्थि सहभागी रहेका छन् भने कमला मदन आश्रीत स्मृति माध्यमिक विध्यालय केन्द्रमा २ सय ८१ जना र वाणि माध्यमिक विध्यालय केन्द्रमा २ सय ९९ जना विध्यार्थि सहभागी रहेको शिक्षा शाखा प्रमुख दाहालले जानकारी दिए । परिक्षाको अन्तिदिन विध्यार्थि एक अर्का लाई अविर लगाएर तथा अटोग्राफ लिएर विदावरी भएका थिए ।
आज परिक्षाको अन्तिम दिन जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी उपरीक्षक दिनेश राज मैनाली द्वारा हस्ताक्क्षर गरिएको विध्यार्थि लाई मीठो सम्झना अनि धेरै माया भरेको पत्र बितरण गरीएको थियो ।

“ पत्रमा म आज जे छु मैले हिजो गरेको कर्मको कारणले छु ” भन्ने स्टेफन कोबे को भनाई बाट सुरुगरी अहिले विध्यालयको परिवेश बाट फुक्का भएका विध्यार्थि तथा युवा हरु विभिन्न प्रकारका लागु औषध तथा दुव्यासनि सामाजिक संजालमा फसेर आफ्नो जिवन बर्वाद पारिरहेका बेला त्यस्तो हुन बाट जोगाउने खालको सचेतना मुलकपत्र स्थानिय प्रहरी चौकीका प्रमुख कमल थापा मगरले वितरण गर्नु गरेका थिए ।
पत्रको अन्त्यमा भनिएको छ परिश्रमको फलमिठो हुन्छ र चाडै तपाईहरुलाई त्यो फल प्राप्त हुन सकोस् भन्ने शुभेक्षा सहित देशले मागेको र खोजेको बेला तपाईहरवाट उचित योगदान हुने छ भन्ने पुर्ण विश्वास लिदैं पुन ः एक पटक परीक्षाको पुर्ण सफलताको शुभकामना दिदैं विदा लिन्छु भनिएको छ ।