प्राकृतिक विपदमा परेका लाई कमल गाउँपालिकाकोे आर्थिक सहयो

झापाको कमल गाउँकार्यपालिकाले गत चैत्र १७ आकस्मीक रुपमा आएको प्राकृतिक विपदमा परेका हरुलाई आर्थिक सहयोग गर्नुका साथै विपद बाट मृत्यु भएका प्रती हार्दिक श्रदाञ्जलि सहित गहिरो समवेदना प्रकट गरेको छ भने भाईते हरुको शिघ्र स्वस्थ्यलाभको कामना गरेको छ ।
गाउँपालिकाको चैत १९ गते बसेको गाउँकार्यपालिकाको बैठकले आकस्मीक रुपमा आएको वर्षा सगैको हावा हुरीवाट बारा, पर्सा, रौतहट लगायतका जिल्लाहरुमा विस्थापितहरु लाई सहयोग पुगोस् भन्ने उद्येश्यले गाउँपालिकाका सबै जनप्रतिनिधिहरुको एक वटा बैठक भत्ता बापत हुन आउने रकम रु ५४हजार ,७०० रुपैया र गाउँपालिकाका सबै कर्मचारीहरुको एक दिनको तलव वापत हुन आउने रकम रु ५६हजार ७ सात ९५ रुपैया गरी जम्मा रु १लाख ११हजार ४ चारसय ९५ रुपैया प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटीले जानकारी दिए ।

Back to top button