कमल “ दिगो विकास लक्ष प्राप्तिका लागी सहकारी ”भन्ने नाराका साथ यो वर्ष ६२ औं राष्ट्रिय सहकारी दिवस आज मुलुकभरि विभिन्न कार्यक्रमगरी मनाईयो ।
कार्यक्रमको उद्घाटन पछि आफ्नो मन्तव्यको क्रममा प्रदेश नम्बर १ की उपसभामुख सरस्वती पोख्रेलले सहकारीले मात्र देश विकास हुने भएकोले सबै ले सरकारको तिन खम्बेनिती साथमा लिएर अगाडी बड्नु पर्ने बताईन । नेपालमा सहकारी ले भर्खर ६२ वर्ष पुरा गरेको सन्दर्भ जोड्दै अझधेरै पै्रगति गर्नु पर्ने बताईन् । आज देशमा सहकारीको माध्यम बाट लाखौले रोजगारी पाएका छन् ।महिलाले पनि सहकारीको माध्यम बाट धेरै प्रगती गरेको भएतापनि अझ गर्नुपर्ने बेला आएको उपसभामुख पोख्रेलले बताईन् ।
यसैक्रममा झापा जिल्ला सहकारी संघ लिमिटेडको आयोजनामा आज जिल्ला भरीका विभिन्न सहकारीले भेला भएर मनाएका छन् । कार्यक्रममा झापाको सहकारी अभियानको सिङ्गो उपस्थितिका बीच आज राष्ट्रिय सहकारी दिवसमा ६ वटा सहकारी संस्थाहरु, ६ जना सहकारी अभियन्ताहरु, एकजना पत्रकार र एउटा सञ्चार संस्थालाई पुरस्कृत र सम्मानित गरेको छ ।
विगतमा जस्तै योवर्ष पनि सहकारी अभियानको उन्नयन र प्रवद्र्धनमा क्रियाशील उत्कृष्टहरुलाई छानेर सम्मान र पुरस्कार प्रदान गरीएको आयोजकले जनाएको छ । उत्कृष्ट सहकारी व्यक्तित्व सम्मान पुरुषतर्फ हरिचरण बानियाँ र महिलातर्फ भोजकुमारी नेपाललाई प्रदान गरीएको हो । बानियाँ संघका पूर्व अध्यक्ष हुन् भने शिवसताक्षी नगरपालिकाका उपप्रमुखसमेत रहेकी नेपाल संघका पूर्व सञ्चालक हुन् ।

यसरी नै उत्कृष्ट सहकारी सञ्चालक पुरुषतर्फ संजीवनी साकोस बिर्तामोडका अध्यक्ष यामकुमार चुँडाल र महिलातर्फ न्यू पशुपति साकोस बुद्धशान्तिका अध्यक्ष खिनमाया बाँस्तोला खतिवडा लाई समेत पुरस्कृत र सम्मानित गरीएको हो ।
सहकारी कर्मचारीलाई प्रदान गरिने उत्कृष्ट व्यवस्थापकको पुरस्कार पुरुषतर्फ नवोदय बहुउद्देश्यीय सहकारी, तर्फ कमल गाउँपालिकाका फडिन्द्रबहादुर कार्की र महिलातर्फ भानु बहुमुखी सहकारीसस्थाकी चन्दा सिटौला पुरस्कृत एवम् सम्मानित भएका हुन् ।
यो वर्ष सहकारी विटमा पत्रकारिता गरेको भनी पूर्वसन्देश दैनिकका सम्पादक गञ्जबहादुर दाहाललाई उत्कृष्ट पत्रकार र मेचीनगरबाट प्रकाशन हुने लोकतन्त्र पोष्टलाई उत्कृष्ट सञ्चार गृहका रुपमा पुरस्कृत गरीएका संघका सहसचिव भवानी प्रसाद ढकालले जानकारी दिए ।
त्यसैगरी यो वर्ष पुरस्कृत हुने उत्कृष्ट सहकारी संस्थाहरुमा दुर्गेश्वरी कृषि सहकारी संस्था मेचीनगर, धौलागिरी पारिजान बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोड र कलवलगुरी कृषि सहकारी संस्था भद्रपुर रहेका छन् ।
यसैगरी, श्रद्धा कृषि सहकारी संस्था अर्जुनधारा, चौतारी बचत तथा ऋण सहकारी संस्था शिवसताक्षी र जुरोपानी साना किसान कृषि सहकारी संस्था गौरादहले यो वर्ष उत्कृष्ट सहकारीको सम्मान र पुरस्कार पाएका हुन् ।
शिवसताक्षीको दूधेमा भएको कार्यक्रममा र्यालीसहित हजारको उपस्थितिमा ६२औं राष्ट्रिय सहकारी दिवसको यसपटकको सहकारी दिवसमा झापाको सहकारी अभियानका आगामी दिशा उद्यमशिलता नै हो भन्ने निश्कर्षस्वरुप सहकारीका उत्पादनलाई प्रोत्साहन गर्न २० वटा स्टल राखि एको थियो ।

समुद्घाटन दिबसको उद्घाटन १ नम्बर प्रदेशसभाका उपसभामुख सरस्वती पोखरेलबाट गरिने कार्यक्रम बनाइएको जिल्ला संघका अध्यक्ष गणेश ढकालले जानकारी दिए ।
यसैगरी कार्यक्रममा सहकारीका महिला सदस्यहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै साना किसान सहकारी संस्थाहरुको पहलमा क्यानसर विरुद्ध सचेतना अभियान तथा निःशुल्क चेकजाँच ग हुसमेत गरीएको थियो । क्यान्सर विरुद्धको अभियानमा डाक्टर सुधा त्रिपाठीको नेतृत्वमा अभियानका सद्भावना दूत पूर्व मिसनेपाल सुगारिका केसीको सहभागिता रहेको थियो ।
संघका अध्यक्ष गणेश ढकालको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष गिता कुँवरले स्वगत मन्तव्य राखेकि थिईन ।
।