कमल÷ झापाको कमल गाउँपालिका ३ स्थित मेचि युनेस्को क्लवको आगामी कार्यकालका लागी भिमचन्द्र न्यौपाने अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।
क्लवको १५ औं साधारणसभा तथा २५ औं स्थापना दिवसको अवसरमा सम्पन्न साधारणसभा बाट उपाध्यक्षमा उमानाथ भण्डारी सचिव मदन मिश्र सह सचिव अग्निप्रसाद कोईराला कोषाध्यक्ष विष्णुप्रकास निरौला सर्वसम्मत चयन भएको निर्वाचन समिती संयोजक हिमप्रसाद दाहालले जानकारी दिए ।

त्यसैगरी समितीको सदस्यमा कुलचन्द्र आचार्य,डिकबहादुर लिम्बु, लक्ष्मि न्यौपाने, सुनिता भट्टराई समेत सर्वसम्मत चयन भएको निर्वाचन समितीले जनाएको छ ।
क्लवका अध्यक्ष मधुसुधन अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्ले विषेश अतिथी वडा नम्बर ३ का वडा अध्यक्ष नरप्रसाद दंगाल,नवोदय बहुउद्येश्य सहकारी सस्थाका अध्यक्ष शरणकुमार पराजुली मदन आश्रीत स्मृति क्यम्पसका प्रमुख उमनाथ अधिकारी, पुर्व अध्यक्ष थोमनाथ निरौला लगायतले साधारणसभा सफलताको शुभकमना तथा नवनिर्वाचित समिती लाई बधाईतथा शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा क्लवका उपाध्यक्ष कृष्णप्रसाद रेग्मिले स्वगत मन्तव्य राखेका थिए ।