गाउँपालिका अध्यक्षद्धारा स्माइल फन पार्क उद्घाटन्

कमल २९, चैत–झापाको कमल गाउँपालिका–६ झारबारीमा रहेको स्माइल फन पार्क बिधिवत उद्घाटन भएको छ । गाउँपालिकाका अध्यक्ष एबम् उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मेनुका काफ्लेले सो फन पार्कको बिहिबार उद्घाटन गरेकी हुन् ।

उद्घाटन अवसरमा बोल्नुहुदै गाउँपालिकाका अध्यक्ष काफ्लेले कमल गाउँपालिकालाई परिचय गराउने यो फन पार्कको पचार–प्रसार कार्यमा सहयोग गर्ने बताएका थिइन् । उनले निजी क्षेत्रबाट सञ्चालित स्माईल फन पार्क गाउँपालिकाभीत्र पहिलो र भप्य भएको समेत बताईन् ।

फन पार्कलाई अझै धेरै आर्कषक बनाउन बिभिन्न जाति, समुदाय र धर्म संस्कृतिको भेष, भुषा र पहिचानलाई उजागार गर्ने सामाग्रीहरुसमेत राख्न अध्यक्ष काफ्लेले सुझा राखेका थिईन् । उनले बिद्यालयका बिद्यार्थीहरुको निम्ति पार्क मनोरञ्जन गर्ने स्थलको रुपमा मात्र नभएर अवोलकन वा अध्यन गर्ने स्थल बनाउन सुझाव राखेका थिइन् ।

२०७३ सालमा फन पार्क स्थापना भएको छ । दुई बिद्या क्षेत्रफलमा फैलिएको फन पार्कमा दुई जनाले लगानी गरेका छन् । तीन करोड बराबरको लगानीमा सञ्चालन भइरहेको पार्कमा दुई वटा स्वीमिङ पुल, सेमिनार हल, बैठक कक्ष, गेष्ट हाउस समेतको व्यवस्था छ । त्यस्तैं, बालबालिकाहरु र युवाहरुलाई पार्क, बस्ने क्याविन, खेलौना, पोखरी, मोटर वोट, बाल बगैचाले सजिएको छ ।

फन पार्क सञ्चालक दिवान राईको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा कमल गाउँपालिका वडा नं ६ का अध्यक्ष नगेन्द्र भट्टराईले पार्क स्थलसम्म आइपुग्न सितापुरी चौक सडक र मंगलबारे बजारको सडकलाई कालोपत्र गर्न पहल भइरहेको बताए । उद्योग बाणिज्य संघ कमलका कार्यवहाक अध्यक्ष उमानाथ भण्डारीले निजी क्षेत्रबाट लगानी भएर स्थापना भएको पर्यटन व्यवसायलाई स्थानीय सरकारबाट सहयोग पुग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा लखनपुर खानेपानी तथा सरसफाई उपभोत्ता समितिका सदस्य कृष्ण भण्डारीले शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा सगुन युवा क्लबका अध्यक्ष देबी आङदम्बे, स्थानीय सामाजिक अगुवाहरु प्रेम राई, गणेश आङदम्बे, चुलाचुली इलामका युवा नेता राजेन्द्र केरुङ, किरात राई यायोक्खा झापाका अध्यक्ष इन्द्रमान चाम्लिङ राईलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन बिन्दु मुकारुङ र कार्यक्रम संयोजक दिपेन बाला राईले स्वागत मन्तव्य राखेका थिए ।

Back to top button