२०७६ सालको शुभकामना आदानप्रदान साथै कानुनी परामर्श

कमल समावेशी महिला सशक्तिकरण केन्द्रले आज एक कार्यक्रमका विचि नयाँ वर्ष २०७६ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा कानुनी परामर्श तालिम सम्पन्न गरेको छ ।
कार्यक्रममा शुभकामना आदान प्रदानका साथै सस्थामा आवद्ध महिला लाई कानुनि परामर्श सम्बन्धि तालिम प्रदान गरीएको थियो ।
कार्यक्रममा महिला विरुद्धको हिंसा,घरेलु हिंसा, वाल विवाह,बहु विवाह, हाडनाता करणि, यौन दुव्र्यहार लगायतका विषयमा झापा बारका सदस्य तथा अधिवक्ता देवि निरौला सहजिकरण गरेकि थिईन् ।
केन्द्रकी अध्यक्ष लक्ष्मि अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी कमल गाउँ पालिकाका अध्यक्ष मेनुका काफ्लेले नेपालमा पाटि जन्मिनु भन्दा पहिलेनै नारि आन्दोलन शुरु भएको थियो भने नेपालमा २००४ साल बाट महिलाले भोटदिन थालेको बताईन् । अझै विश्वका कतिपय देशमा महिला लाई बाहिर निस्कन प्रतिबन्ध छ भने नेपालमा ३७ प्रतिशत महिलाले स्थानियतहमा प्रतिनिधित्व गरेको समेत काफ्लेले बताईन् ।
कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष नरप्रसाद दंगाल,मेचि युनेस्के क्लवका अध्यक्ष भिमचन्द्र न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Back to top button