कमल कमल गाउँपालिका शिक्षा शाखाले आज एक कार्यक्रमका विच शिक्षक लाई सम्मान सहित विदाई गरेको छ ।
कार्यक्रममा सुविधा लिएर विदाई हुने शिक्षक लाई कदरपत्र र दोसल्ला ओडाएर सम्मान सहित विदाई गरीएको शिक्षा शाखाले जनाएको छ ।

सरकारले घोषणा गरेको गोल्डेन चेक रोजेर विदाई हुने शिक्षकमा दुर्गा प्रसाद सेडाई, तिर्थ वहादुर थापा, होम वहादुर मगर, नर्वदा गौतम, प्रेम गुरुङ्ग लगायत १३ जना शिक्षकलाई गाउँपालिकाले सम्मान सहित विदाई गरेको हो । यसरी शिक्षक लाई सुविधा दिएर विदाई गनर्मो झापाको कमल गाउँपालिका पहिलो हो

क्मल गाउँपालिका शिक्षा शाखा प्रमुख भोलानाथ दाहालको सभापतित्वमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष मेनुका काफ्ले, उपाध्यक्ष बेनु सिवाकोटी, प्रमुख प्रशासकिय अधिकृत युवराज ढकाल , कमल गाउँपालिका शिक्षक महासंघ प्रमुख हिम प्रसाद दाहाल लगायतले विदाई गरेका शिक्षकको बाँकि जिवन सुखसग वितोस भन्ने शुभकामना दिएका थिए ।