विद्यार्थिलाई विद्यालय पुर्याउनु भन्दा पनि विद्यालयमा टिकाई राख्नु महत्वपुर्ण

मदन बोहोरा

“ हाम्रो नगर हाम्रो गाउँ सबै बालबालिकालाई बिद्यालय पुर्याउ” विद्यालय भर्ना अभियान २०७६ को नाराले मानविय विविधता र वास्तविक भर्ना अभियानलाई मद्दत गर्ला जस्तो लाग्दैन यो बर्ष पनि केहि नारा त दिनु पर्यो भन्ने अभिप्रायले नारा तय भए जस्तो लाग्छ किन त भन्दा समस्या विद्यालय पुर्याउनु होइन विद्यालयमा टीकाउन हो।
पोहोर साल सम्मानिय प्रधानमन्त्रीज्यु ले कर्णाली प्रदेश बाट विद्यार्थी भर्ना अभियानको सुरुवात गर्नु भो तर राराबाट अपांगता भएको बिद्यार्थी काठमाडौंमा लगेर भर्ना गर्न कति गह्रौ भयो अनि बिधालयमा टिकाउन कति समस्या भयो बिद्यालयमा लगेर छोडनु ठुलो कुरो होइन कुरो हाम्रा विद्यालय सबैका बिधालय कहिले हुने रु
हाम्रा शिक्षक कहिले सबैका गुरु हुने रु बिधालयको धारा,शौचालय,कक्षा कोठा,कालोपाटी कहिले पहुँचयुक्त हुने रु बिधालय सम्म जाने बाटो र सो बाटोमा सहायक सामग्री लिएर कहिले बिधालय जान पाउने रुशिक्षकको चिन्तन र समाजको धारणा कहिले बिकशित हुने रु सबै समाजको बिधालय कहिले समान हुने रु
अहिले पनि गाउँमा तमाम अपाङ्गता भएका बालबालिका बिधालयको पहुँच भन्दा टाढा छन अर्थात अहिले पनि दिशा पिसाबमा गुदुल्कियका छन कसैका त खुट्टा खाटमा बाधेर राखेको छ कसैलाई खाल्डोमा त कसैलाई देक्चिमुनी छोपेर राखेको छ । यो अवस्थामा विद्यार्थी बिधालय पुर्याउनु मात्र ठुलो कुरो होइन बिधालय कसरी लैजाने र बिधालयमा कसरी टीकाउने अनि बिद्यार्थीको विविधताको अध्यन गरि कसरी हाम्रो व्यबहार परिवर्तन गर्ने भन्ने कुराको महशुशिकरन नभए सम्म विद्यार्थीलाई बिधालय पुर्याउनु को अर्थ छैन ।
यसमा हामी सबै समयमै गम्भीर रुपले सोचौं अनि मात्र यो नारा सार्थक हुनेछ । यति मेरो बिचार राख्दै सबै बिबिधता युक्त बालबालिकाहरुको बिधालयमा अदभूत पहुँच होश यसमा सरकारले पुर्ण सहयोग गरोस् भन्दै विद्यालय भर्ना अभियान २०७६ को हार्दिक शुभकामना व्यक्त गर्द्छु । धन्यवाद ।।।

Back to top button