कमल गाउँपालिकामा वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधी ४ नम्बरलाई

भापाको कमल गाउपालीकामा जारी दोस्रो वडा स्तरिय फुटबल प्रतियोगिताको उपाधी वडा नम्बर ४ ले जितेको छ ।

प्रतियोगिता अन्तरगत बिहिबार भएको फाइनल खेलमा वडा नम्बर ४ ले २ लाई ट्राईबेकरमा ३–१ गोल अन्तरले पाखा लगाउदै उपाधी चुमेको हो । खेलको निर्धारित समयमा दुबै तर्फबाट गोल रहित बराबरी भए पछि ट्राईबेकरबाट खेलको छिनोफानो भएको हो ।

बिहिबारको खेलको म्यानअफ दी म्याच बिजयी टिमका अनिश राई घोषित भए । खेलमा गाउपालीकाका ७ वटै वडा र वाडा नम्बर ४को २ टिम गरि ८ टिमको सहभागीता रहेको थियो ।

त्यसैगरि खेलको उत्कृष्ट डिफेन्स पराजित टिमका नरेश हस्दा, उत्कृष्ट मिडफिल्डरमा बिजयी टिमका निशान गुरुङ उत्कृष्ट गोलकिपर बिजयी टिमका अमन तामाङ, सर्बोउत्कृष्ट खेलाडी बिजेता टिमका लक्षमण लिम्बु घोषित भए । उनिहरुलाई कार्यक्रमको प्रमुख अतिथि कमल गाउँपालीकाकी अध्यक्ष मेन्का काफ्लेले नगदसहित ट्रफी प्रदान गर्नुभयो ।

प्रतियोगिताको बिजेताले नगद ३० हजार रुपैया र उपबिजेताले नगद १५ हजाररुपैया, मेडल ट्रफी र प्रमाण–पत्र प्राप्त गरेको खेल संयोजक धिरज श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताको गत बर्षको संस्करणको उपाधी पनि वडा नम्बर ४ ले जितेको आयोजकले जनाएको छ ।

Back to top button