कमल गाउँपालिकामा धमाधम टोलविकास सस्था गठनहुँदै

कमल ।झापाको कमल गाउँपालिका अन्य गाउँपालिकाको तुलनामा विकास निर्माण लगायत विषयमा निकै अगाडी बढेको छ ।
नवनिर्वाचित जनप्रतिनिधि आएपछिको २ वर्षको समयमा यस गाउँपालिकामा सडकको स्तरउन्नति , विद्युत विस्तार, शिक्षक्षेत्रमा सुधार ,कृषिमा यान्त्रिकरणको प्रयोगले पनि यो गाउँपालिले विकासमा फड्को मारेको हो ।

दुइृ वर्षको अनुभव लिएका जनप्रतिनिधीले आगामि आर्थिक वर्षमा कस्ता कार्यक्रम ल्याउदा जनताका आवश्यकता पुरा हुन्छन् भनेर जनप्रतिनिधी टोलटोलमा पुगेर टोल विकास सस्था गठनमा लागेका छन् ।

यिनै टोलविकास सस्थाले यहि जेठ १० गते बाट सुरुहुने बस्तिभेलामा आ आफ्ना टोलमा देखिएका आवश्यकता र तिनलाई पुरागर्न के गर्न सकिन्छ भनेर सुझाव दिने छन् र त्यहि सुझावको आधारमा गाउँपलिकाले आगामि वर्षको लागी निती तथा कार्यक्रम तयार परिने कमल गाउँपालिका का अध्यक्ष मेनुका काफ्लेले बताईन् ।

कमल गाउँपालिकामा ८० वटा भन्दा बढी टोलविकास सस्था गठन हुनेछन् र तिनै सस्था बाट आएका सुझावको आधारमा निती तथा कार्यक्रम तयारपारिने छ । जनताले जनतालजसका कारण भोलिका दिनमा ति कार्यक्रम कार्यन्वयन गराउन सहजहुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज ढकालले बताए ।

Back to top button