उमानाथ भण्डारी
कमल , ईलाम रोङ्ग गाउँपालिका वडा नम्वर ६ का किसान यतिवेला नगदे बाली तर्फ आकर्षित भएका छन् ।
अन्नवालि भन्दा नगदे वाली बाट राम्रो आम्दानि हुने भएकोले पछिल्लो समय याहाँका कृषक नगदे वालि तर्फ आकर्षित भएका हुन् ।
दश वर्ष देखि काक्रा खेती गर्दै आएका ईन्द्रप्रसाद प्रधानका अनुसार अन्न वाली बाट मुस्किलले १५ विस हजार आम्दानी हुन्थ्यो भने अहिले काँक्रा खेति बाट एक लाख भन्दा बढी आम्दानि हुने गरेको बताउछन् । याहाका अधिकाँस कृषक ले अहिले काँक्रा, अकवरे खोर्सानि, सिवी ,काउली लगायतका खेति तर्फ लागेका छन् ।
त्यसैगरी सोहि ठाउँकी अनिता गुरुङ्ग पनि अन्न बाली भन्दा नगदे वाली अन्तर्गत अकवरे खोर्सानी वाट राम्रो हुने बताउछिन् ।
अन्नवाली भन्दा नगदेवाली बाट राम्रो आन्दानि हुन्छ याहँका अधिकाँस कृषक नगदे वालि तर्फ लागेका छन् । उत्पादन पनि छिटो हुने र आम्दानि पनि राम्रो हुने भएको ले नगदे वाली तर्फ कृषको आकर्ष बढेको अर्का कृषक श्याम आचार्य बताउछन् ।
आफ्नु उत्पादनको बजारमा माग बढे सगै कृषक आफुले लगाएको बाली प्रति थप जिम्वेवार भएका छन् । कसरी उत्पादन बढाउने , रोग किरावाट मुक्ति पाउनुका साथै आग्र्यानिक उत्पादन तर्फ आफुहरु लागेको कृषक युवराज प्रधान बताउछन्
स्थानिय कृषक आफ्नु उत्पादन बढाउन का गुण स्तरका बारेमा उत्तिकै जिम्वेवार छन् । पछिल्लो समयमा यसै विषयमा तालिम समेत लिन थालेका छन् ।