क्वलको आयोजनामा सकारात्मक सोच विकास सम्वन्धि तालिम सुरु

कमल । झापाको कमल गाउँपालिकामा आज बाट सकारात्मक सोच विकास सम्वन्धि तिन दिने तालिम सुरु भएको छ ।
मेचि युनेस्को क्लवको आयोजना तथा कमल गाउँपलिकाको आर्थिक सहयोगमा तालिम सन्चालन भएको हो ।
तालिममा विध्यालयको शिक्षण सिकाईलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषय प्रशिक्षक हिमाल ओझा र सहायक प्रशिक्षक यादव पोख्रेलले सहजिकरण गरेका थिए ।
विद्यालयको भौतिक संरचना हुँदैमा शैक्षिक गुणस्तर सुधार नहुने र शैक्षिक गुणस्तर सुधारका लागी विद्यालयका शिक्षक कर्मचारीमा सकारात्मकसोचको विकास हुन आवश्यक रहेको प्रमुख अतिथी मेनुका काफ्लेले बताईन् ।
समाजमा विकृति र विसंगति हुनुमा पनि सकारात्मक सोचको अभावका कारणले हो यस तालिम बाट शैक्षिक युणस्तरका साथै सामाज परिवर्तनमा पनि यो तालिमले सहयोग पुर्याउने कमल गाउँपालिका का उपाध्यक्ष बेनु सिवाकोटिले बताए
मेचि युनेस्को क्लवका अध्यक्ष भिम चन्द्र न्यौपानेको अध्यक्षतामा भएको तालिममा उपाध्यक्ष उमानाथ भण्डारीले स्वगत मन्तव्यका साथै कार्यक्रमको औचित्य माथि प्रकास पारेका थिए भने मदन भण्डारी प्रािष्ठानका सामुदायिक विकास प्रमुख रुद्र बहादुर तामाङ्गले वर्तमान समयमा यस्तो तालिम अत्यन्तै प्रभावकारी हुने भएको सहभागीले तालिम बाट फाईदा दिन अनुरोध गर्नुका साथै तालिम सफलताको शुभकामना दिएका थिए । कोषाध्यक्ष विष्णु प्रकास निरौलाले सन्चालन गरेका थिए ।

Back to top button