विषादीको प्रयोग न्यूनिकरण गर्नुपर्नेमा जोड

कमल— झापाको केर्खामा आयोजित एक कार्यक्रमका सहभागीहरुले पछिल्लो समय विषादी र रसायनिक मलको प्रयोग बढेको भन्दैं चिन्ता व्यक्त गरेका छन् । सहभागीहरुले समयमै यसको नियन्त्रणमा नलागने हो र प्रयोग मात्र बढाई रहने हो भने माटोको उत्पादन शक्ति दिन प्रतिदिन हस हुदै जाने तथा मानव स्वास्थ्यमा नकरात्मक असर पार्ने धारणा राखेका थिए ।
झापाको कमल गाउँपालिका— ३ केर्खामा शनिबारदेखि शुरु जैविक तथा प्राङ्गारिक मल वीउको विक्री केन्द्रको उद्घाटनका अवसरमा सहभागीहरुले यस्तो धारणा राखेका हुन् । उक्त केन्द्र स्थानीय नौलो विहानी कृषि सहकारी संस्थाले सञ्चालनमा ल्याएको हो । संस्थाले उचित जैविक उद्योग प्रा लि पथरी मोरङबाट उत्पादित मल, वीउ, पशु आहारलगायत त्यहाँबाट उत्पादित समाग्री विक्री वितरण गर्नका लागि आधिकारिक विक्रेताको रुपमा अनुमती प्राप्त गरेको छ ।

केन्द्रको उद्घाटन गदैं कार्यक्रममा प्रमुख अतिथि कमल गाउँपालिका —३ का वडाअध्यक्ष नरप्रसाद दंगालले सहकारी सस्थामा आवद्ध सदस्यलगायत आम जनतालाई स्वस्थ्य सेवा पुर्याउने उद्देश्यले यो सुविधा प्रवाह गरेकोमा खुलेरै प्रशंसा गरे । उनले हरेक नागरिकले विषादीको प्रयोग घटानेतर्फ लाग्दैं सम्बन्धित निकायले चेतनामुलक कार्यक्रम अघि सार्न जोड दिए । भान्सानै पहिलो अस्पताल भएकोले अबका दिनमा भान्सा सम्म पुग्ने तरकारी लगायत सवै चिजमा शुद्धता हुनुपर्ने बताउँदै कमल उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ भण्डारीले यसका लागि जैविक र प्राङ्गरिक मल प्रयोग गरे मात्र सम्भव हुने तथा विषादीको प्रयोगले गर्दा मानिस तथा पशुमा समेत विभिन्न प्रकारका प्राणघातक रोग लाग्ने गरेकोले आगामी दिनमा विषादीको प्रयोग न्यूनिकरण गर्नुपर्नेमा जोड दिए ।
“सम्वृद्ध नेपाल, सुखी नेपाली हाम्रो अभियान, कृषि उत्पादनमा शुद्धता उचित जैविकको पहिचान” भन्ने नाराका साथ पसल सञ्चालन गरीएको सस्थाले जनाएको छ । २०५४ सालका कृषिमा हरित क्रान्ति ल्याउने नाममा सरकारले रसायनिक मल भित्रियाएको थियो । जसका कारण आज कृषि योग्य जमीनको माटोमा विभिन्न समस्या आउन थालेकोले अबका दिनमा जैविक र प्राङ्गरिक मलले मात्र उत्पादन शक्ति बढाउन उचित जैविक उद्योग प्रा लि पथरी मोरङ्गका प्राविधिक कृष्णचन्द्र महर्जनले जानकारी दिए ।

कार्यक्रमा,व्यवस्थापक उचिता महर्जन, केर्खा बजार व्यवस्थापन समितिका सचिव विरेन्द्र अधिकारी, जनएकता कृषि सहकारी संस्थाका अध्यक्ष छत्रहाङ्ग फागो लगायतले बोलेका थिए । उद्घाटन कार्यक्रममा सहकारी संस्थाका प्रतिनिधि, कृषक समुह समितिका प्रतिनिधि अगुवा कृषक लगायतको सहभागिता रहेको थियो । संस्थाका अध्यक्ष देउकुमार राईको अध्यक्षतामा भएको उद्घाटन समारोह सदस्य राजेन्द्र विकले सञ्चालन गरे .का थिए भने को व्यवस्थापक आसीश लिम्बुले स्वागत गरेका थिए ।

Back to top button