कमल— आफ्ना घर बाट निस्किएको फोहोरलाई आफै व्यास्थापन नगरे गाउँपालिका बाट पाईने सेवा सुविधा बाट बन्चित हुने आज आयोजित कार्यक्रमा कमल गाउँपालिका का अध्यक्ष मेनुका काफ्लेले बताईन् ।
गणतन्त्र दिवसको अवसरमा झापाको कमल गाउँपालिकाको आयोजना तथा केर्खा बजार व्यावस्थापन समिती को व्यवस्थापनमा बजार केर्खा बजार सरसफाई गरिएको हो ।
गाउँपालिका बाट निस्किएको फोहोर लाई व्यवस्थापन गर्न गाउँपालिकाले गाडिको सुविधा दिएकोछ । विभिन्न ठाउँमा डस्टविन राखेको यति हुँदा हुँदै यदि कसैले अटेर गरेर आफ्नो घरबाट निस्किएको फोहोर सडकमा तथा सार्वजनिक स्थानमा फाल्छभने त्यस्ता व्याक्ति लाई गाउँपालिकाले कुनै पनि सुविधा नदिने प्रस्टपारिन ।
सरफसाईमा सहभागी स्थानिय का अनुसार आफ्नो घरवाट निस्किएको फोहोर आफै सफागर्नु पर्छु गाउँपालिका आउँछ र सफागरिन्छ भन्ने मानसिकता हटाउनुपर्ने स्थानिय प्रविण राई बताउछन् ।
कमल गाउँपालिका ले केर्खा बजार उत्तर रहेको रतुवामाई वृक्षारापण आयोजना क्षेत्रमा पार्क निर्माण गर्ने उद्येश्यले सरसफाई गरेको हो । सबैले आ आफ्नो घर बाट निस्किएको फोहोर आफै व्यवस्थापन गर्नसके मात्र बजार सफा हुन्छ नत्र एक दिन गरेको बजार सरसफाईको कुनै अर्थ नहुने होटल व्यवसायी गोपाल भण्डारी बताउछन् ।
बजार सरसफाई गर्नुभन्दा पहिले आफ्नो घर सफा गर्ने र घर बाट निस्किएको फोहोर व्यवस्थापन गर्नेहोभने बजार आफै सफाहुने एनएमवि बैक केर्खा शाखाका म्यानेजर अनिमेश पोख्रेल बताउछन् ।
सरसफाई कार्यक्रममा स्थानिय संघ सस्थाका प्रनिनिधी ,टोलविकास सस्थाका प्रतिनिधी , विध्यार्थि लगायतको उपस्थिती रहेको बजार व्यवस्थापन समितीका अध्यक्ष अमल श्रेष्ठले जानकारी दिए ।