झपाको कमल खोलामा वाढी नियन्त्रणका लागी बाँध निर्माणका कार्य सुरु ।

उपभोक्ताको असन्तुष्टि

उमानाथ भण्डारी

कमल । वर्षा सगै आएको बाढी बाट हैरान भएका जनता बाध निर्माण हुने भएपछि खुशी हुनु पर्ने गुनासो गरीरहेका थिए । बाँध निर्माणको हामी विरोधि हैन हाम्रो माग भनेको लालापुर्जा भएको जमिन छोडेर बाँध निर्माण गर्दा राम्रो हुने स्थानिय अमृत वहादुर मगर बताउछन् ।
अहिले निर्माण भैरहेकै ठाउमा बाँध निर्माण गर्ने हो भने यसले कुनै फाईदा नहुने स्थानिय धन बहादर ईङ्गनाम बताउछन् । उनका अनुसार यो बाधले स्थानियको लालपुर्जा भएको जमिन लाई दुई भागमा विभाजन गर्नेभयो भने वडा २ को क्याम्पालाई समेत बाढीले क्षती पुर्याउने छ ।
बाध निर्माण भएपछि आफ्नो जमिन निस्कियोस र पुन बसोवास गर्ने बातावरण बनोस भन्ने स्थानियको माग रहेको कमल गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य चक्र बहादुर गुरुङ्ग बताउछन् ।
कमल गाउँपालिका वडा नम्बर २ र ३ का ३५ घर परिवारको ८० विघा भन्दा बढी खेत अहिले बगरमा परिणत भएको छ ।
जनताको तटबन्धन कार्यक्रम अन्तर्गत कमल गाउँपालिका वडा नम्बर ३ को सिसाबाँध देखि सिमलडाँगी सम्म ३२ लाख रुपैयाको लागतमा ६ सय मिटर बाध निर्माणको काम भैरहेको यो बाँध को काम हुन्छ खोला ले आफ्नो धार परिवर्तन गरिरहने भएकोले खोलामा पनिको बाहाव हेरेर हामिले बाध निर्माण गरेको जनताको तटबन्धन कार्यक्रमका ईन्जिनियर रुपनारायण अधिकारीले जानकारी दिए ।
वाढीका कारण स्थानियको सयौविघा खेत बगरमा परिणत भएको छ । वाध निर्माण पछि केहिहोलाकी भनेर आसै आसमा बसेका स्थानिय बाध निर्माणको काम प्रति स्थानिय सस्तुष्ट नभएको स्थानि रमेश बुढाठोकी बताउछन् ।

Back to top button