प्रधानमन्त्री ओलीको गृह जिल्ला झापामा रु ५ अर्ब १५ करोड ५९ लाख बिनियोजन (कुन स्थानीय तहलाई कति बजेटः पुरा विबरण)

दमक –आर्थिक वर्ष २०७६/७७ को बजेटमा झापाका लागि रु ५ अर्ब १५ करोड ५९ लाख रुपैयाँ बिनियोजन भएको छ । सरकारले स‌ंघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटबाट झापाका ८ नगरपालिका र ७ गाउँपालिकाका लागि उक्त रकम विनियोजन भएको हो । बजेटमा सबैभन्दा बढी झापाको मेचीनगर नगरपालिकाका लागि रु ५७ करोड ४२ लाख विनियोजन गरिएको छ ।

यस्तै दमक नगरपालिकाका लागि रु ४९ करोड ६८ लाख रुपैयाँ, विर्तामोड नगरपालिकाका लागि रु ४५ करोड ७८ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ । यस्तै, गौरादह नगरपालिकाका लागि रु ३६ करोड ५८ लाख, शिवसताक्षी नगरपालिकाका लागि रु ४० करोड ३५ लाख, भद्रपुर नगरपालिकाका लागि रु ३६ करोड ५१ लाख, अर्जुनधारा नगरपालिकाका लागि रु ३४ करोड ८६ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

नगरपालिका मध्ये सबैभन्दा कम कन्काई नगरपालिकाका लागि २८ करोड ०५ लाख विनियोजन भएको छ । यता गाउँपालिकाहरुमध्ये सबैभन्दा बढी कमल गाउँपालिकालाई ३० करोड १३ लाख रुपैयाँ विनियोजन भएको छ ।

यस्तै, कचनकवल गाउँपालिकाका लागि रु २९ करोड १८ लाख, गौरीगञ्ज गाउँपालिकाका लागि रु २४ करोड ४४ लाख र झापा गाउँपालिकाका लागि रु २५ करोड ९ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ ।

त्यसैगरी, बाह्रदशी गाउँपालिकाका लागि रु २३ करोड २० लाख, बुद्धशान्ति गाउँपालिकाका लागि रु २८ करोड १ लाख र हल्दिबारी गाउँपालिकाका लागि २३ करोड १६ लाख रुपैयाँ बिनियोजन भएको छ ।

सात वटा प्रदेश मध्ये झापा जिल्ला रहेको प्रदेश नं १ लाई सबै भन्दा बढी रु १५ अर्ब २० करोड ७४ लाख रुपैयाँ विनियोजन भएको छ ।

Back to top button