जनप्रतिनिधी र वाल क्लवका संरक्षक हरुलाई अभिमुखीकरण तालिम

कमल । कमल बाल संजाल को आयोजना र कमल गाउँपालिकाको आर्थिक सहयोगमा आज जनप्रतिनिधी तथा वाल क्लवका संरक्षक हरुलाई एक दिवशिय अभिमुखीकरण तालिम प्रदान गरीएको छ ।
कार्यक्रममा वालवालिकाको मनोविज्ञान, वाल अधिकारको दृष्टिकोण र स्थानिय सरकारको भुमिका र वाल क्लव हरुको भुमिकाका वारेमा केन्द्रिय वाल कल्याण समितीका सदस्य सुमन अधिकारी र वाल मनोवैज्ञानिक स्वस्तिका पोख्रेलले सहजीकरण गरेका थिए ।
कमल गाउँपालिका लाई वालमैत्री गाउँपालिका बनाउनका लागी वालसंजाल मार्फत विभिन्न गतिविधी सन्चालन गर्नुका साथै सामुदायकि विद्यालय लाई वाल मैत्री बनाउन गाउँपालिकाले वाल क्लव गठन गरेको कमल गाउपालिका अध्यक्ष मेनुका काफ्लेले बताईन् ।
वाल क्लवको गठन पछि विद्यालयमा वालवालिका सक्रिय भएका छन् । अतिरिक्त क्रियाकलाप जस्ता , कार्यक्रम वालवालिकाले आफै सन्चालन गर्ने गरेको गुह्ेश्वरी माधयमिक विद्यालयका शिक्षक तथा सोहि विद्यालयमा गठीत वालक्लवका संरक्षक मदन अधिकारी बताउछन् ।
कमल बाल सञ्जालकी अध्यक्ष पृतिका सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा स्वगतमन्तव्य जेसिका भण्डारीले साब्दिक शब्द बाट गरेकि थिईन् भने कार्यक्रमको संचालक संजालका सचिव विशाल प्याकुरेलले गरेका थिए ।

Back to top button