कमल । झापाको कमल गाउँपालिकाको पाचैंाँ गाउँसभाले आगामी आर्थिक वर्ष २०७६ । ०७७ का लागी व्यवसायकि र रोजगार प्रवद्र्धन , सामुदायीक विद्यालयको शिक्षामा सुधार जस्ता कार्यक्रम लाई विषेश प्रथमिकताका दिदै नीति , कार्यक्रम तथा बजेट सर्वसम्मतबाट पास भएको छ ।
गत आर्थिक वर्षमा विभिन्न विषयमा तालिममा दिएर जनशक्ति उत्पादन गरेकोले अव तिनै जनशक्ति लाई व्यावशायिक बनाउने उद्येश्यले व्यवसायिक प्रवद्र्धन, रोजगार प्रवद्र्धन का साथै सामुदायिक विध्यालयको शिक्षामा सुधार जस्ता कार्यक्रम नीति तथा कार्यक्रममा समावेस गरेको कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताईन्

गाउँपालिका भित्र व्यवसायीक सिप भएका तथा पुंजी अभावमा कुनै पेशा व्यवसाय गर्न बाट बन्चित भएका युवालाई स्वरोजगार सृजनागर्न यस्तो कार्यक्रम ल्याएको गाउँपालिकाले जनाएको छ ।
गतवर्ष को नीति तथा कार्यक्रममा वितरणमुखि भएकोले अवको कार्यक्रममा उत्पादन मुलक क्षेत्र लाई समेटेर व्यवसाय प्रवद्धन कार्यक्रम ल्याईएको जसका लागी ३ करोड बजेट विनियोजन गरेको कमल गाउँपालिका का प्रमुख प्रसासकिय अधिकृत युवराज ढकालले जानकारी दिए ।
गत असार ९ गते सार्वजनिक भएको निति ,कार्यक्रम र बजेट आज वृहत छलफल पछि सर्वसम्मत पारित भएको हो । आर्थिक वर्ष २०७६ । ०७७ का लागी पुजीगत र चालु खर्चका गरि ६१ करोड ७९ लाख ९२ हजार रुपैयाको बजेट सार्वजनिक गरिएको थियो । अर्थिक २०७५÷ ०७६ विनियोजित रकम को ७० प्रतिशत खर्च भएको गाउँपालिकाका लेखा अधिकृत श्रृजना राईले जानकारी दिईन् ।