कमल । एनएमबि बैंकले कमल गाउँपालिका क्याम्पामा शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
ग्राहाकलाई छिटो छरितो र भरपर्दो सेवा सुविधा दिने उद्येश्यले सञ्चालमा ल्याएको शाखाको एक कार्यक्रम बिच कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले उल्घाटन गरेकी थिईन् ।
बैकमा आएका सेवाग्राहि लाई शाखा रहित बैकिङ्ग (द्यीद्य) सेवामा पि. ओ. टि मेसिन प्रयोगगरी स्थानिय सन्तोषी श्रेष्ठले बैंकिङ्ग सेवा प्रदान गर्ने एनएमवि बैंक केर्खा शाखाका प्रबन्धक अनिमेष पोख्रेलले जानकारी दिए ।्
विगत ६ वर्षदेखि कमल गाउँपालिका ३ केर्खा बाट सेवा प्रदान गर्दै आएको बैंकले यस क्षेत्रमा थप सेवा सुविधा प्रदान गर्ने उद्येश्यले शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा त्याएको बैंकले जनाएको छ ।
शाखा रहित बैकिङ्ग सेवा बाट पि. ओ. टि मेसिनमा डेविट÷क्रेडिट कार्ड वा औंठा छाँपको प्रयोग गरी अत्यन्त सुरक्षित तरीकाले नगद जम्मा तथा भुक्तानी, युटिलिटि पेमेन्ट तथा ब्यालेन्स ट्रान्सफर लगाएत अन्य सुबिधा प्राप्त गर्न सकिने शाखा सञ्चालक सन्तोषी श्रेष्ठले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा स्थानिय जनसमुदाय,कमल गाउँपालिकाका जनप्रतिनिधी तथा कर्मचारीहरु, ग्राहक, व्यापारी तथा बैंकका कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।