कमल गाउँपालिकाको न्यायिक सचिवालयमा ५१ वटा उजुरी

कमल । कमल गाउँपालिकाको न्यायिक सचिवालयमा यस आर्थिक वर्षमा विभिन्न विवादसंग जोडिएका ५१ वटा उजुरु परेका छन् ।
उजुरी परेका विवादमध्ये सबै भन्दा धेरै जग्गा किचलो २४ वटा, माना चामल १३ सिमानामा वोटविरुवा रोपेको ५ , घरभाडा दिलाईपाउँ १, करार संझौता अनुसार जग्गा फिर्ता दिलाईपाउँ १,जग्गापास गरेपछि घरनिकाल १,वसोवास भएको जग्गा रोक्का गरीपाउँ १ ,२०२८ साल देखिको पैनि मासेको १ समस्या समाधान गरीपाउँ १ ,नावालक लाई घरनिकाला १,क्षतिपुर्ति दिलाईपाउँ १ सार्वजनिक सडक भत्तकाएर अवरोध पुर्याएको १ जस्ता उजुरी पर्न आएको कमल गाउँपालिकाका उजुरि प्रसाशक लय प्रसाद चम्लागाँईले जानकारी दिए ।
न्यायिक सचिवालयमा परेका उजुरी मध्ये फैसला १, मेलमिलाप गरिएको २३, दुबै पक्षलार्य उपस्थित गराएर छलफलमा रहेका ९, निवेदन माथि प्रतिउत्तर नपरेका ६,निवेदन दिने व्याक्ति उपस्थित नभएको ७, गाउँघरमा नै छलफल बाट निरुपण गरिएको ४ न्याय समितीलाई निरुपणगर्ने अधिकार नभएको १ रहेको चम्लागाँईले बताए ।
स्थानिय तहमा गठित न्यायिक समितीमा धेरै विषय सँग जोडिएका उजुरु पर्ने गरेका छन् ति मध्ये कति न्यायिक समितीमा ले हेर्नै नमिल्ले खालका उजुरी समेत परेका छन् ।
कुन उजुरी कता पेशगर्दा छिटो न्याय पाईन्छ भनेर उजुरी कर्ता लाई राम्रो संग ज्ञान नभएका कारण र कानुनमा पनि स्पस्ट नभएका ले केहि फैसला ढिलो भएको हुन्छ सक्ने न्यायिक सचिवालयको भनाई छ ।

Back to top button