उमानाथ भण्डारी
कमल । झापाको कमल गाउँपालिकाले आज एक कार्यक्रमका विच आर्थिक वर्ष २०७६ । ०७७ को लागी बजेट , निती तथा कार्यक्रम सार्वजनिककरण गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथी प्रदेश नम्बर १ का सभासद अर्जुन राईले गाउँपालिकाले तयार पारेको बजेट , निती तथा कार्यक्रम समेटिएको पुस्तक सार्वजनिककरण गरेको हो ।
आगाकी आर्थिक वर्षका लागी व्यवसायकि प्रवद्र्धन, रोजगार प्रवद्र्धन र सामुदायीक विद्यालयको शिक्षाम सुधार जस्ता कार्यक्रम लाई विषेश प्रथमिकता दिएका कार्यक्रमको चालु आर्थीक वर्षका लागि पुजीगत र चालु खर्चका गरि ६१ करोड ७९ लाख ९२ हजार रुपैयाको बजेट सार्वजनिक गरिएको छ ।

गत असार १० गते गाउँपालिकाको पाचैंाँ गाउँसभामा पेशगरेको बजेट , निती तथा कार्यक्रम छलफल तथा सुझाव सहित पारित भएपछि आज सार्वजनिककरण गरेको हो ।
बस्ति भेला हुँदे वडा समिती मार्फत सिफारिस भै आएका योजना तथा कार्यक्रम लाई प्राथमिकता र महत्वका आधारमा बजेटलाई व्यवस्था गरिएको जनाउदै आगामी दिनमा यस लाई अझ परिस्कृत गर्दै लैजनाने कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताईन् । उनले कृषि, पशुपालन र शिक्षालाई विषेश जोड दिदै अगाडी बड्ने समेत बताईन् ।

आगाकी आर्थिक वर्षका लागी व्यवसायकि प्रवद्र्धन, रोजगार प्रवद्र्धन र सामुदायीक विद्यालयको शिक्षाम सुधार जस्ता कार्यक्रम लाई विषेश प्रथमिकता दिएको कमल गाउँपालिका का उपाध्यक्ष बेनु सिवाकोटीले बताउका छन् । यसका साथै संघ र प्रदेशका मन्त्रिहरले आफ्ना गाउँघर र आफन्त लाई विना योजना बजेट दिएको बताउदै बजेट आतङ्क रोक्न मन्त्रिलाई सचेत गराएका थिए ।

कार्यक्रममा नेकपाका शिव ढुङ्गेल र राप्रपाका त्रिलोचन आचार्यले बजेट , निती तथा कार्यक्रम माथी भएका कमजोरि लाई अगामी दिनमा सुधारगर्दै अगाडी बढ्न नेतृत्व लाई सुझाव दिएका थिए
सोहि कार्यक्रममा कार्यलयमा कार्यरत कर्मचारी लाई पुरस्कृत तथा समायोजनमा परि सरुवा भएर जाने कर्मचारीलाई विदाई समेत गरेको थियो ।

सवोत्कृष्ट कर्मचारी गगांमाया दनुवार,उत्कृष्ट कर्मचारी निर्मला भण्डारी तथा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी अन्तरगत गाउँपालिका खरिदार पर्वत भण्डारी , पर्शुराम फुयल पुरस्कृत भएको गाउँपालिकाले जनाएको छ ।

त्यसैगरी गुणराज श्रेष्ठ, रेनुका गौतम दुर्गादेवी ढुंगेल, सुवास दाहाल ,दिपेन गिरी, मोहन अघोरी टिकाराज वर्देवा लाई पुरस्कृत गरेको कमल गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत युवराज ढकालले जानकारी दिए ।

त्यसैगरी सरुवा भएर जाने कर्मचारीमा युवराज वराल, डिल्ली प्रसाद दुलाल, निलम खनाल, पर्शुराम फुयल, गुणराज श्रेष्ठ, शिवलाल घिमीरे, खिर वहादुर श्रेष्ठ, केदार कुमारी अधिकारी, हरि प्रसाद पौडेल, सन्तोष भण्डारी,मान वहादुर लम्जेल, भोलानाथ दाहाल,केशव भट्टराई,राजकुमार दाहाल,यादव प्रसाद निरौला समेत बिदाई गरेको गाउँपालिकाले जनाएको छ ।