कमल । झापाको कमल गाउँपालिकाले भर्खरै आगामी आर्थिक वर्ष २०७६ । ०७७ को लागी बजेट , निती तथा कार्यक्रम सार्वजनिककरण गरेको छ ।
कार्यक्रममा कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर अध्यक्ष कृषि पकेट कार्यक्रम सन्चालनमा ल्याई कृषिमा आधुनिकीकरण गरिने गाउँपालिकाले जनाएको छ ।
“कृषिको विकास कमल गाउँपालिका निकास” भन्ने नाराका साथ कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर कृषि प्रविधिको प्रयोग मार्फत् निर्वाहामुखि र परम्परागत कृषिलाई आधुनिक, औद्यौगिक तथा व्यवसायिक कृषिमा रुपान्तरण गर्दै कृषिजन्य घरेलु तथा सना उद्योगको स्थापना मार्फत स्वरोजगार प्रवर्धनमा जोड दिईने कमल गाउँपालिका कृषि विकास शाखाले जनाएको छ ।
कार्यक्रममा व्यवसायिक कृषक लाई विशेष गरेर नगदे वाली, मौसमी र बेमौसमी तरकारी, पुस्प व्यवसाय तथा फलफुल उत्पादन सम्बन्धि तालिम र अनुदानको व्यवस्था गरिने कमल गाउँपालिका कृषि विकास शाखाले जनाएको छ ।

कृषकले उत्पादन गरेको बस्तुको बजारिकरणका लागी गाउँपालिकाले कृषि मेला, कृषि प्रदर्शनि, किसान दिवस जस्ता प्रवर्धनात्मक क्रियाकलाप सञ्चालन गनुृका साथै हरेक वर्ष प्रत्यक वडा बाट एक जना उत्कृष्ट कृषकलाई पुरस्कृत समेत गरिने कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले जानकारी दिईन् ।
कार्यक्रममा रासायनिक मल र विषादिलाई न्युनिकरण गर्न प्रांगारिक मल र विषादिको उत्पादन र प्रयोगमा जोड दिईने छ । जसका लागी आवश्य कच्चा पदार्थमा कृषकको आफ्नै घरबाट निस्किएको फोहोरलाई श्रोतको रुपमा लिएर स्किनिड. गर्ने व्यवस्था मिलाई फोहोर लाई मोहोरमा रुपानतरण गर्ने कार्यलाई अभियानको रुपमा अगाडी बढाउने अध्यक्ष काफ्लेले बताईन् ।
कृषकलाई अतिरिक्त उत्पादन गराई आम्दानिमा बृद्धिगर्ने उद्येश्यले गाउँपालिका क्षेत्रभित्र रहेका सडक किनारा, नदि किनारा खालिरहेको सार्वजनिक तथा निजी जमिनमा फलफुलका विरुवा लगाउन गाउँपालिकाले विरुवा वितरणगर्ने उपाध्यक्ष वेणु सिवाकोटीले जानकारी दिए ।
कृषकले जथाभाविरुपमा रासायनिक माल र विषादि प्रयोग गरेका कारण माटोको उर्भरा शक्ति हस आएकोले यसै आर्थिक वर्षदेखि निशुलक माटो परिक्षण गराई कृषि चुन अनुदानमा उपलब्ध गाराईने छ भने नदि किनारा बगर खेती लाई प्रोत्साहान गरिने उपाध्यक्ष सिवाकाटीले जनाकारी दिए ।
“समृद्ध नेपाल सुखी नेपाली ” भन्ने नारा लाई मुर्तता प्रदान गर्न कृषिलाई व्यवसायिककिरणका लागी कृषि उपजको उचित मुल्य र बजारको लागी कृषक सगको साझेदारमिा ड्रायर मेसिन,कोल्ड स्टोर सञ्चालनगन व्यवसाय प्रवद्धन कोष मार्फत व्याज अनुदानमा विउ पुजि परिचालन गरिने गाउपालिकाले जनाएको छ ।