पर्यटकिय गन्तव्यकोे सुचिमा प्राचिन वाल्मिकी आश्रम

उमानाथ भण्डारी

कमल । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्ष घोषणा गरेको देशभरका ९२ स्थापित पर्यटकिय गन्तव्य हरुको सुचिमा याँहास्थित प्राचिन वाल्मिकी आश्रम तथा सिमसार क्षेत्र पनि परेको छ ।
सरकारले पर्यटकिय क्षेत्र विस्तारका लागी थप गन्तव्यका रुपमा कमल गाउँपालिका वडा नम्बर ३ स्थित प्राचिन वाल्मिकी आश्रम तथा सिमसार क्षेत्र लाई पनि समेटेको हो ।
कमल गाउँपालिकाको स्वमित्वमा रहेको यस आश्रम तथा सिमसार क्षेत्रको गत आर्थिक वर्षमा गाउँपालिकाले वृस्तृत लागत योजना (डिपिआर) तयारगरि पर्यटन गन्तव्य बनाउन गाउँपालिका लागिपरेको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताईन् ।
यस क्षेत्रलाई पर्यटन प्रवर्धनमा हामि जुटिरहेका बेला केन्द्रिय सरकारले पर्यटकिय गन्तव्य हरुको सुचिमा पारेकोमा आफुलाई खुशिलागेको काफ्लेले बताईन् । हामि लागीरहेकै थियौं अवत सरकारले पर्यटकिय गन्तव्य हरुको सुचिमा पारिदिए पछि हामिलाई पनि कामगर्न सजिलो भएको उनको भनाई छ ।
हाम्रै योजना अनुसार गतआर्थिक वर्ष २०७५ । ०७६मा प्रदेश सरकाका तर्फ बाट २० लाख रुपैयको लागतमा सिमसारक्षेमा रहेको पानिको संरक्षणका लागी बाँध बाध्नेकाम र पोखरिको डिलमा हावा महल निर्माणको काम सम्पन्न भएको छ । त्यसैगरी सिमसार क्षेत्रको पुर्वाधार विकासका लागी प्रदेश सरकारबाट यस आर्थिक वर्षमा थप ५० लाख रुपैया विनियोजन भएको कमल गाउँपालिकाले जनाएको छ ।
अहिले जताततै पनिमा मुहान सुकिरहेका बेला पानिको संरक्षणगर्नु प्रमुख भएकोले पहिलो चरणमा पनि सरक्षणको लागी बाँध बाधिएको छ ।स्थानिय र प्रदेश सरकार सगको सहकार्यमा यस क्षेत्रलाई थप व्यवस्थित बनाउदै पर्यटनमा लागी मुख्य रोजाईको क्षेत्र बनाउनेमा हामी लागीरहेको आश्रम तथा सिमसार क्षेत्रका सचिव मधुसुधन अधिकारीले जानकारी दिए ।
पुर्व पश्चिम लोकमार्ग सगै जोडिएको यस क्षेत्रमा पर्यटन प्रवद्र्धनको ठुलो सम्भावना छ । धार्मिक तथा मनोरन्जनका हिसावले यो क्षेत्र निकै महत्वपुर्ण हुने भएको ले सबैको साथ र सहयोग भएमा पर्यटकको रोजाईको गन्तव्य बन्ने कमल गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नरप्रसाद दंगाललले बताए ।
योसँगै झापामा भरपर्दो पर्यटकीय गन्तब्यको रुपमा सीमसार र धार्मिक स्थलहरु स्थापित हँुदै गएका छन् । पछिल्लो समय पूर्वका पर्यटकीय स्थलको रुपमा चिल्लागड, अर्जुनधारा, सुरुङ्गाको सीमसार क्षेत्र, प्राचीन सभ्यता र इतिहास बोकेको धार्मिक क्षेत्र शिवसताक्षीधाम, नेपालको सबैभन्दा होचो स्थल केचना कवल, बिराट पोखरी, त्यसैगरी मेचीनगर क्षेत्रमा रहेका बाँसवारी सीमसार, कालिका सिमसार, मागुरमाडी तथा खुट्टेडाँगी सीमसार, पातालगंगा तथा झापाको पूर्व उत्तरमा रहेको कृष्ण थुम्की धार्मिक स्थल पर्यटकहरुको लागि गन्तब्य बन्न सक्ने सम्भावना बोकेका पर्यटकीय स्थलहरु हुन् ।
केन्द्रीय प्रदेश तथा स्थानीय सरकारले पर्यटन प्रवद्र्धनमा बजेट बिनियोजन गरेर यी सम्भावित क्षेत्रहरुको बिकासमा सहयोग गरे नगरको विकासको लागि आम्दानीको भरपर्दो आधार बन्ने र स्थानीयको जीवन स्तरमा समेत परिवर्तन आउने मेचीनगरका ७ का युवा पवन ओलीले बताए । पछिल्लो समय मेचीनगरपालिकाले समेत पर्यटन प्रवद्र्धनमा बजेट बिनियोजन गर्ने जनाएको छ ।

Back to top button