कमल । साउन महिनाको सोमवार शिवालयमा जल चडाउनेहरुको भिडलाग्ने गर्दछ । साउने सोववारका दिन शिवालयमा पुगेर जल चढाउदा मनोकांक्षा पुराहुने विश्वसका साथ शिवालयमा जानेहरुको भिडहुने गरेको हो ।
अधिकांस भक्तजनहरु पछिल्लो समय आफ्नै नजिकका शिवालयमा जल चढाउन रुचाउन थालेका छन् । जसले गर्दा आफ्नै क्षेत्रमा रहेको धार्मिक तथा पर्यटक स्थालको प्रचारप्रसार पनि हुने चिताएका मनोकांक्षा पनि पुराहुने भएकोले पछिल्लो समय नजिकै रहेका शिवालय भक्तजनको रोजाईमा पर्न थालेका छन् ।
आफ्नै नजिकै रहेको अनादेश्वर शिवालय मन्दिरमा जल चढाउदा मनोकांक्षा पनि पुराहुने र मन्दिरको प्रचारप्रसार हुने भएकाले यस वर्ष झापाको कमल गउँपालीका वडा नम्बर १ स्थित अनादेश्वर शिवालय मन्दिरमा सयौको सख्यामा भक्तजन उपस्थित भएर जल चडाउन आउने गरेको मन्दिरका पुजारी पर्शुराम अधिकारीले जानकारी दिए ।
व्यवस्थापन समितिका सचिव ध्रुव कटुवालले जनाकारी दिए ।
अहिले सरकारले धार्मिक तथा पर्यटक स्थानको संम्बर्धन र प्रवर्धन गरिरहेका बेला स्थानिय हरु आफै जुटेर आफ्ना क्षेत्रमा रहेका धार्मीक स्थ

लको प्रचार प्रसारमा गर्नु राम्रो भएको स्थानिय जनक थापा बताउछन् ।
कमल गाउँपािलकाले पनि आफ्ना क्षेत्रमा रहेका मठ मन्दिर ,धार्मिक क्षेत्र र पर्यटनको सम्भावना रहेका ठाउँहरुको पैचानगरी संवर्धन र प्रवर्धन गर्दै प्रचार प्रसारमा लागीपरेको वडा नम्बर १ का अडा अध्यक्ष केदार कटुवालले जानकारी दिए ।
यस मन्दिर लाई व्यवस्थित गर्दै प्रचार प्रसार गर्नसके गाउँपलिकाकै धार्मिक तथा पर्यटनको नमुना बन्न सक्ने स्थानिय बताउछन् ।