कमल – युवा साईकल यात्रि तथा योग शिक्षक लाई आज पतन्जली योग समिति कमल गाउँपालिकाले एक कार्यक्रमका विच सम्मान गरेको छ ।
२०७६ साल असार ६ गते पाँचौ अन्तराष्ट्रिय योग दिवसका दिन देखी गण्डकी प्रदेशको सुर्खेत बाट साईकल यात्रा सुरुगेका वालकृष्ण शाहि लाई पतन्जली योग समिति कमल गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद ओझाले खादा ओडाएर सम्मान गरेका हुन । ।
शाहिले अहिले सम्ममा २६ जिल्लाको यात्रा सम्मन्न गरिसकेको र बाँकी जिल्लाको आगामी पुस २५ गते आफ्नो जन्म दिनका अवसरमा यात्रा समापन गर्ने बताए ।
योगको माध्यम बाट सारा नेपाली लाई गोलबन्द गराउदै स्वस्थ्य, सस्कारवान, शसक्त र जागरुक भएर राष्ट निर्माणमा लागी तथा मानवता अध्यात्मिक ,योग सस्कृति र राष्ट्रियता जोगाउन लागौं भन्ने उद्येश्यका साथ आफुले ७७ वटै जिल्लाको साईकल यात्रामा निस्केको शाहिले बताए ।