कमल । बुबा ओपेन्द्र कुमार शाहा र आमा खिमसरा बुढा को संंसर्ग बाट २०५६ साल पुस २५ गते कर्णालि प्रदेश को सिम्ता गाउँपालिका वडा नम्बर ३ आग्रीगाउ मा जन्मेका हुन् वालकृष्ण शाहि
नेपाल प्रहरीका जागिरे ओपेन्द्र को गाउँकी केटी खिमसरा सग छोटो समय मायाप्रिरती लाइपछि म जन्मेको रे बुबाको सरुवा भयो अलि पछि आमाले पनि विवाह गरेर गएपछि मावलमा वस्दै आएका कालकृष्ण अहिले कक्षा १२ मा अध्यायनरत छन् ।
उनलाई २०७५ साल चैत ३० गते देखी २०७६ साल बैशाख ३० गते सम्म भारतको हरिद्वार मा १ महिने योग अभ्यास गर्ने अवसर मिल्यो त्यहाँ बाट फर्केर आएपछि जिवनमा धेरै उतरचडाब आए योगमा भिजिसकेका शाहिले अव सबै लार्ई योग अभ्यास गराउन आवश्यक रहेछ भन्ने कुरा बेझेपछि यहि संंदेश दिनलाई साईकल यात्रि भएर देश दौडामा निस्के त्यसै क्रममा झापाको कमल गाउँपालिकामा पतन्जली योग समिलेले सम्मान समेत गरेको थियो । यसैक्रममा साईकल यात्रि बालकृष्ण शाहि सग साईकल यात्रामा निस्कनुको उद्येश्य र योग अभ्यासका बारेमा हामा सम्वाद दाता उमानाथ भण्डारीले गरेको कुराकानि
तापाईले साईकल यात्रा कहिले र कहाँ बाट बाट सुरुगर्नु भएको हो ?
२०७६ साल असार ६ गते पाँचौ अन्तराष्ट्रिय योग दिवसका दिन देखी गण्डकी प्रदेशको सुर्खेत बाट
यात्राको उद्येश्य चै के हो ?
संसारका सम्पुर्ण प्राणि दुःख होईन सुख चाहान्छन् । शारिरिक रोग , शोक र भोकबाट छुटकारा पाउन प्रयत्नशिल छन् । विश्वका सबै राष्ट्र यस कुरामा सहमत छन् की विश्वमा शान्ति स्थापना हुनुपर्छ त्यसैले यो सब योगको माध्यम बाट मात्र पुराहुने भएकोले अब सबैले योगमा लाग्नुपर्छ भन्ने सन्देश दिनका लागी मेरो यात्रा सुरु भएको हो ।
कस्को प्रेरणा बाट योगमा लाग्नु भयो र योग के रहे छ ?
म स्वमि राम देव र आचार्य वालकृष्णको प्रेरणा बाट योगमा लागेको हुँ योग एउटा यस्तो चिज जो नियमित गर्ने हो भने मान जिवनका सारा रोग हटेर जान्छ ।
आदर्श समाज निर्माणको लागी मानिसलाई शरीर बनाउने व्ययमशाला भन्दा सोच परिवर्तनमा लगाउनु जरुरी छ । गरौ योग रहौ निरोग , बाचौं योगि बनेर, हिडौं निष्ठावान कर्मयोगि भएर , सारा रोगको एउटै मात्र अचुक उपाय हो योग ,जीवनलाई दिव्य गन्तव्यमा पुरेयाउने एउटै मार्ग भनेको योग यात्रा हो ।
अहिले सम्ममा कतिजिल्ला पुगि सक्नुभयो र बाँकि जिल्लामा कहिले पुग्नुहुन्छ
आज सम्ममा २६ जिल्ला पुगिसके बाँकि ५१ जिल्लामा आगामि पुस २५ गते मेरो जन्म दिन पर्छ सोहिदिन समापन गर्ने लक्षका साथ लागिपरेको छु ।
अहिले सम्ममा यात्राका क्रममा भोगेको समस्य ?
धेरै छन् तर अहिले सम्मको कुरागर्दा भेडेटार मा न खाना पान पाईयो न सुत्न रातभरि चिसोले झन्नै मरिएन त्यसैगरी अर्धखाँचि बाट पाल्पा जादा साईकल विग्रिएर उस्तै समस्य परेको थियो ।
अन्यमा केहि भन्नु छ की ?
मानवमा मानवता सकियो याहाँ धर्म लाई धन्दा बनाउन थालेका छन् । यस्तो गर्नु राम्रो होईन राष्ट र राष्ट्रियता प्रतिको माया छैन सबै लाई पैसा कमाउनको मात्र ध्यान छ । यदि यस्तै अवस्था रहिरहने हो भने भविस्यमा ठुलो समस्या हुन्छ ।