उमानाथ भण्डारी
कमल । हरेक वर्ष जस्तै यस वर्षपनि नेवार समुदायले आफ्नो परम्परा र संस्कृति जोगाउने भन्दै लाखेनाच निकाल्न सुरु गरेका छन् ।
आफ्नो बाबुबाजेका पाला देखी मानि आएको चलनका साथै संस्कृति जोगाउने पर्वका रुपमा हरेक वर्ष जस्तै यस वर्ष पनि लाखे नाचेर नेवार समुदायले मनोरन्जन गर्नेे गरेकोे नेवाखल दमकले जनाएको छ ।
पहिले पहिले लाखे नाचको ठुलो महत्व थियो भने दर्शकले पनि यसलाई रमाईलो मानेर हेर्ने चलन थियो तर आज भोलि पैसा संकलन गर्ने वाहानामा विभिन्न प्रकारका लाखे निस्कने गरेकोले दर्शकको रुचि क्रमस घट्दै गएको नेवाखल दमक लाखे समुहका संयोजक पवन कुमार श्रेष्ठ बताए ।

लाखेको सुरुवात एति नै भयो भनेर भन्न सकिने कुनै तथ्य नभए पनि यस लाई लिच्छवी कालिन राजा प्रताप मल्लका पाला देखि सस्थागत रुपमा अगाडी बढाएको भन्ने भनाई रहेको छ ।
लाखेलाई महाभारतको कथा संग पनि जोड्न सकिन्छ किनभने नागपन्चमिका दिन जन्मेका कंस लाई कृष्ण अष्टमीका दिन जन्मेका कृष्णले कंसलाई मारे पछि सबै देवतामा खुशि छाएको कथासग लाखेलाई जोडेर हेर्ने चलन भएकोले हरेक वर्षको नगपंचमि देखि सुरु भएर कृष्ण अष्टमि सम्म लाखे नचाउने चलन रहेको ( नेवा ः देय्ः दवु )नेवार राष्ट्रिय संगठनका राष्ट्रिय परिषद सदस्य भरत श्रेष्ठ बताउछन् ।
लाखेलाई नचाई सके पछि त्यो घरमा भुतप्रेत तथा विभिन्न मृत आत्माले समेत दुःख नदिने विश्वस मानिआएको छ । पहिले पहिले लाखे नचाए पछि आफ्ना घरमा सुख शान्ति हुने भएको ले सबैले बोलाएर लाखे नचाउन भलन थियो तर अहिले त्यस्तो छैन । पछिल्लो समयमा पैसा कमाउने उद्येश्य ले विभिन्न समुह बनाएर लाखे नचाउन थालेकोले लाखेले विकृति पनि संग निम्त्यएको सदस्य श्रेष्ठ बताउछन् ।
भापा जिल्लामा अधिकारिक रुपमा लाखे नचाउने २६ वटा खलःपुचः (समुह) रहेका छन् । केहि समय अगाडि लाखे नचाउने कार्यक्रम बन्द जस्तै भैसकेको भएता पनि २०५२ साल देखी लाखे लाई सस्थागत अभियानका रुपमा अगाडी बढाए पछि अहिले सबै तिर लाखे नाच सुरु भएको श्रेष्ठको भनाई छ ।
लाखेमा नाच्नेले विभिन्न प्रकारका मखुण्डा , कपडा र घुँगरु लगाएर विषेश वाध्यवादनको संगितको लयमा नृत्य गर्ने गरिन्छ । जस लाई हेर्नका लागी बच्चा , युवा देखि, प्रौढ सम्मको भिड लाग्ने गरेको हुन्छ ।