कमल । सरकारका कारण सस्थागत विद्यालय बन्द नहुने यदि सस्थागत विद्यालय बन्द हुन्छन् भने आफ्नै कारणले बन्द हुने आज एक कार्यक्रमका सहभागीले बताएका छन् ।
प्याप्सन कमल गाउँपालिकाको आज सम्पन्न प्रथम वार्षिक साधारणसभा तथा प्रिन्सिपल भेलाका प्रमुख अतिथी रहेका प्याव्सन झापाका अध्यक्ष एल पि उप्रेतीले सो कुरा बताएका हुन् ।
सस्थागत विद्यालयल आफै बन्द हुने अवस्था छैन तर समय सापेक्षित शिक्षामा सुधार गर्न नसक्ने हो भने आफै बन्द हुने उप्रतिले बताए ।

कुनैबेला अग्रेजि विषयका कारण सस्थागत विद्यालय प्रति अविभावक मोह थियो तर अहिले सामुदायिक विद्यालयले पनि अग्रेजि विषय सुरु गरेकाले अव प्रतिपर्धा गर्ने बेला आएको छ । अवको समय भनेको बादलमा भएको कोर्ष लाई ईन्टरनेटको माध्यम बाट तानेर समय सापेक्षित शिक्षा आफ्नो विद्यालयमा प्रयोग गर्ने र विद्ययार्थि प्रति जिम्बेवार रहेभात्र सस्थागत विद्यालयको भविश्य उज्वल रहने उप्रेतिले बताए ।

सरकारले हिजो सम्म प्याव्सन झापाको कार्यलय सन्चालन गर्न विभिन्न पव्लिकेसन सँग सहयोग मागेर सञ्चालन गर्दै आएकोले पछिल्लो समय विद्यालय बाटै सहयोग लिएर कार्यलय सञ्चालन हुने भएकोले सबै विद्यालयले आफुले बुझाउनु पर्ने शुल्क बुझाउन प्याव्सन झापाका कोषाध्यक्ष छत्र कार्किले अनुरोध गरेका थिए ।

कार्यक्रममा प्याव्सन झापाका उपाध्यक्ष रामहरी घिमिरे सचिव जनार्दन ढकाल लगायतले साधारणसभा सफलताको शुभकामाना मन्तव्य राखेका थिए ।
प्याव्सन कमलका अध्यक्ष बदिराम राईले सांगाठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष रामप्रसाद आङ्घेम्वेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसैगरी सचिव जिवन सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए ।
कमल गाउँपालिकामा अहिले १९ वटा सस्थागत विद्यालय सञ्चालनमा रहेका छन् ।