उमानाथ भण्डारी
कमल । २१ नम्वर वाहिनी अड्डाका बाहिनीपती सहायक रथी सञ्जय थापाले झापाको कमल गाउँपालिका वडा नम्वर ३ सानुकेर्खामा आज एक भव्य कार्यक्रमका विच श्री किराँतेश्वर शिवपाञ्चायन मन्दिरको उदेघाटन गरेका छन् ।
२०७५ सालको राम नवमिका दिन बाट निर्माण सुरुगरिएको मन्दिर निर्माणका लागी कमल गाउँपालिका,,२१ नमबर वाहिनी अड्डा र चन्दा दाताको सहयोगगरी जम्मा १९ लाख रुपैया भन्दा बढीको लागतमा निर्माण सम्पन्न भएपछि आज एक कार्यक्रमका विच सहायक रथी थापाले रिवन काटेर मन्दिरको उद्घाटन गरेका थिए ।

मन्दिर उद्घाटन पछि थापाले मन्दिरको प्राङ्गणमा विभिन्न जातका विरुवा समेत रोपेका थिए ।
मन्दिर उद्घाटन कार्यक्रममा बोल्दै समाजसेवी राजन ढुङ्गानाले मन्दिर सबैको साझा भएकाले यसको संरक्षण पनि सबैले मिलेर गर्नुपर्ने बताए । त्यसैगरी अर्का समाजसेवि हुकुम सिंह राईले विकासमा पछि परेको यस ठाउलाई मन्दिर निर्माणले केहि हद सम्म सहयोग पुग्ने बताउदै हिन्दुहरुको आस्थाको केन्द्र भनेकै मन्दिर भएकोले असान्ति लाई शान्तिमा बदल्न सक्ने क्षमता रहेको समेत राईले बताए ।

नवोदय सहकारी सस्थाका उपाध्यक्ष बलराम गजुरेल तथा कमल गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य लाल प्रसाद बखिम लगायतले मन्दिरका बारेमा बोलेका थिए ।

मन्दिर व्यवस्थापन समितीका अध्यक्ष कुमार खतिवडाले मन्दिर निर्माणकोऔचित्य माथि प्रकार पारेका थिए भने सचिव रविन सुब्बाले कार्यक्रम सञ्चालन गरेका थिए ।
मन्दिर निर्माणमा सहयोग पुर्याए वापत मन्दिरका अध्यक्ष खतिवडाले सहायक रथी थापालाई सम्मान पत्र सगै मायाको चिनो प्रदान गरेका थिए ।
