सगरमाथा टिन्स क्लवमा शुभेक्षा

कमल । शुभेक्षा भण्डारीको अध्यक्षतामा सगरमाथा टिन्स क्लव(एसटीसी) गठन भएको छ ।
म अघि बढ्छु कार्यक्रम अन्तरगत झापाको कमल गाउँपालिका वडा नम्वर ३ स्थित शहिद धर्मभक्त माध्यमिक विद्यालयमा गठीत समितीको उपाध्यक्ष द्वयमा नरेश कुमाल र अंकिता सुवेदी, सचिव पुजाकुमारी मण्डल, कोषाध्यक्ष संदिप राई तथा सदस्यमा लक्ष्मि तिरुवा,टिका विष्ट, विमला लम्जेल, समिता कार्कि, निरज राई, मेलिना तामाङ्ग, एलिसा मगर, दिपेश तामाङ्ग, सचना भट्टराई र विष्णु भण्डारी चयन भएको सचिव पुजाकुमारी मण्डल ले जानकारी दिए ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश १ ले सञ्चालनमा ल्याएको म अघि बढ्छु भन्ने कार्यक्रममा कक्षा ९ देखी १२ सम्मका विद्यार्थिहरु मध्येबाट छनौटगरी समिती गठन गरीएको विद्यालयले जनाएको छ ।
गठित समितिले विद्यालयमा रहेका किशोर किशोरीलाई शैक्षिक सचेतना कार्यक्रम संचालन गर्ने, क्लवको आवश्यकता अनुसार नियमित बैठक संचालन गर्ने, क्लवले संचालन गरेका गतिविधीको अभिलेख राख्ने, विद्यालय स्तरमा भएका किशोर किशोरीको समस्या पहिचानगरी समाधानका लागी सम्बन्धित निकाय सग शैक्षिक अभियान कार्यक्रम संचालनगर्ने, किशोरिमाथी हुने हिंसा ,दुव्र्यवहार, शोषण , विभेद, वालविहाह जस्ता विंसंगति पुर्ण क्रियाकलाप रोक्न सचेतना मुलक कार्यक्रक संचालन गर्ने,विद्यार्थि भित्र रहेका प्रतिभा, खुविलाई उजागर गर्न तथा लागु पदार्थ दुव्र्यसनि, चेलिवेटी बेचविखनको विरुद्ध विभिन्न सचेतना मुलक कार्यक्रम संचालन गर्ने शिक्षक नायक टेकराज तिम्सिनाले बताए ।

Back to top button