कमल । कमलनगर जेसिजको चौथो वार्षिक उत्सवका अवसरमा आज कमल गाउँपालिकाको केर्खामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकको प्रविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ३० जना भन्दा बढीले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रमाका संयोजक विष्णुभक्त लामिछानेको संयोजकका भएको कार्यक्रममा प्रमुख अतिथी कमल गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष नरप्रसाद दंगालले चौथो वाषर््िाक उत्सवका अवसरमा केक काटेकार उद्घाटन गरेका थिए । उद्घाट पछि आफ्नो मन्तव्यका क्रममा जेसिजले गरेका कामको प्रशंसा गरेका थिए भने विषेश अतिथी जेसिजका सस्थापक अध्यक्ष रुपनारायण न्यौ

पानेले कमल नगर जेसिज स्थापना गर्नुको उद्येश्यका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा जेसिज लाई सहयोग पुर्याउने विभिन्न व्यक्ति लाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रम लाई जेसिजका महासचिव रिजु कार्किले सञ्चालन गरेका थिए ।