शिक्षक नियुक्तिको माग गर्दै ज्ञापन पत्र

कमल । झापाको कमल गाउँपालिका स्थित एक सामुदायिक विद्यालयमा शिक्षक नियुक्तिमा ढिलाई भएको भन्दै नेपाल विद्यार्थि संघ कमल गाउँपालिकाले ज्ञापन पत्र बुझाएको छ ।
कमल गाउँपालिकाको वडा नम्बर १ स्थित नरेन्द्र जनता माध्यमिक विद्यालयमा २०७५ साल चैत ४ गते देखि विज्ञान विषय पढाउने शिक्षक भिमप्रसाद खनाल सेवा निवृत भएपछि सो ठाउमा अर्का शिक्षक नियुक्ति हुन नसकेकोले आज सम्म विज्ञान विषयको पढाईहुन सकेको छैन जसका कारण विद्यार्थिको भविश्य अन्धकार बन्दै गएको भन्दै नेपाल विद्यार्थि संघले ज्ञापन पत्र बुझाएको संघका कमल गाउँपालिका सभापति जितेन साङ्घपाङ्घले जानकारी दिए ।
शिक्षक नियुक्तिको माग गर्दै विद्यार्थि संघले विध्यालय व्यवस्थापन समिती अध्यक्ष खगेन भण्डारी, विद्यालयका प्रध्यान अध्यापक गंगा प्रसाई र कमल गाउँपालिकका प्रमुख प्रसासकिय अधिकृत युवराज ढकाल लाई ज्ञानप पत्र बुझाएको साङ्घपाङ्घले बताए ।
शिक्षक नियुक्तिका लागी विद्यालय व्यवस्थापन समितीले शिक्षा विकास समन्वय समिति झापामा करारमा शिक्षक नियुक्तिका लागी समर्थनका लागी पटक पटक अनुरोध गर्दापनि समर्थन नपाएर शिक्षक नियुक्ति गर्न नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन भण्डारीले जानकारी दिए ।
शिक्षा सेवा आयोग उत्रिण गरेका शिक्षकको नामावली विभागमा पठाई सकेको तर विभागले अहिले सम्म त्यो नामावली जिल्लामा नपठाएका कारण दरवन्दि खालिभएका विद्यालयमा शिक्षक पठाउन नसकेको शिक्षा तथा समन्वय ईकाई झापाका सिकाई प्रमुख जयप्रसाद महतले जानकारी दिए । तर उनका अनुसार विभाग बाट नामवली प्राप्त हुनासाथ कुन विद्यालयमा कुन शिक्षकको आवश्यकता छ सोहि अनुसार शिक्षक पठाईने समेत प्रमुख महतले बताए ।
विद्यालयमा शिक्षक खालिभएको जानकारी पाउना साथ तुरुन्त अर्को शिक्षक नियुक्तिका लागी विद्यालय व्यवस्थापन समिती लाई निर्देशन गरेका थियौं तर अहिले सम्म भएको रहेन छ के कारणले नभएको हो गाउँपालिकाले यस विषयमा मा तुरुन्त बुझेर प्रकृया अगाडी बढाउने र एक हप्ता भित्रमा शिक्षक नियुक्तिहुने कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज ढकालले बताए ।
शिक्षक नियुक्तिमा जुँगाको लडाईले ५ महिना देखि विध्यार्थिको विज्ञान विषयको पढाई हुन सकेको छैन । यसरी आ आफ्नो अडानमा रहेर शिक्षक नियुक्ति नगर्ने हो भने विध्यार्थिको भविश्यको जिम्वेवारी को हुने ? यस विषयमा सम्बन्धित पक्षले जति सक्दो छिटो शिक्षक नियुक्ति गरेर विद्यार्थिको पढाई नियमित सन्चालन गर्न आवश्यक छ ।

Back to top button