मृगौला पिडित केशव लाई सहयोग प्राप्त

कमल । मृगौला पिडित एक युवा लाई आज एक कार्यक्रमका बिच मोडल क्याम्पस साहित्यिक मञ्चको अगुवाईमा आर्थिक सहयोग प्रदान गरिएको छ ।
मृगौला पिडित केशव सारुको उपचारमा सहजहेस भनेर क्याम्पसका शिक्षक, विध्यार्थि बाट संकलन भएको १२ हजार ५०० रुपैया विरामिका मामा खड्ग पाण्डे लाई मोडल क्याम्पस साहित्यिक मञ्चका अध्यक्ष जितेन साङ्घपाङ्घले प्रदान गरेका थिए ।
क्याम्पसका पुर्व विद्यार्थि समेत रहेका सारुको आर्थिक अवस्था कमजोर रहेको छ । अहिले उनको काठमाडौमा उपचार भैरहेको छ ।
सहयोय रकम बाट थोरै भएनि उपचारमा राहात पुग्ने क्याम्पसकाले जनाएको छ । रकम हस्तान्तरण कार्यक्रममा क्याम्पसका सस्थापक कुमार बुढाथोकी , क्याम्पस प्रमुख कृष्ण तिम्सिना,शिक्षक भोला रजवंशी र विजय धिमाल लगायतको उपस्थिती रहेको थियो ।

Back to top button