मुनल्याण्ड क्लवको अध्यक्षमा लिम्बु


कमल । कमल गाउँपालिका वडा नम्वर ३ मा रहेको हाम्रो टोल विकास सस्थाले सस्थामा आवद्ध युवाहरुलाई जम्मागरी आज एक कार्यक्रमका विच हाम्रो मुनल्याण्ड क्लव गठन गरेको छ ।
नवगठित क्लवकले टोल क्षेत्रमा लागुपदार्थ दुव्यसनि अन्त्य गर्ने, सामाजिक गविविधी खेलकुद लगायतका कार्यक्रम सञ्चालनगर्ने उद्येश्य रहेको हाम्रो टोल विकास सस्थाका सचिव राजन चापागाईले बताए ।
नवगठीत क्लवको अध्यक्षमा मौसम लिम्बु,उपाध्यक्ष लक्ष्मण वोहोरा, सचिव दिपचन्द्र लेछर्वो, सह सचिव प्रकास चापागाई, कोषध्यक्ष निशा राई तथा सदस्यमा जित तामाङ्ग, पुजा राई, हर्कसिंह लिम्बु, हरि वोहोरा, भगिराज पुर्कुटी, राजन लामिछाने, डिल्लि बुढाथाकी, सञ्जय लिम्बु र रमेश बुढाथोकी चयन भएको सचिव दिपचन्द्र लेछर्वोले जानकारी दिए ।

Back to top button