चमत्कारीक योजनाकासाथ एन.आई सी.एशिया बैंक

कमल । एन आई सी एसिया बैंक दमकले आज पत्रकार सम्मेलनगरी आफ्ना चमत्कारीक योजना बारे जानकारी गराएको छ ।
बैंक पनि साथि पनि, राम्रो पनि हाम्रो पनि भन्ने मूल नाराका साथ जनसमुदायमा बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले आफ्नो २२ औं वार्षिकोत्सवको अवसरमा बैकले ल्याएको विभिन्न चमत्कारिक योजनाका बारेमा बैंकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
बैकले सञ्चालनमा ल्याएको सुपर चमत्कारिक बचत खाता, सुपर चमत्कारिक नारि बचत खाता, सुपर चमत्कारिक जेष्ठ नागरिक बचत खाता, सुपर चमत्कारिक बाबु नानी बचत खाता, सुपर चमत्कारिक विद्यार्थि बचत खाता, सुपर चमत्कारिक स्वरोजगार बचत खाता, सुपर चमत्कारिकविद्यार्थि बैदेशिक बचत खाता , सुपर चमत्कारिक उद्यमशील बचत खाता लगायतका योजनाका बारेमा बंैकका दमक उपक्षेत्रिय कार्यलयका प्रमुख डेनराज सुब्बाले जानकारि दिए ।
बैकले विभिन्न योजना अन्तरगत खाता सञ्चालन गर्ने ग्राहाकलाई आफु र आफ्नु परिवारको सुरक्षार्थ १ करोड ३१ लाख ५० हजारसम्मको विमा सुविधा प्राप्त गर्न सकिने छ भने परिवारका सम्पुर्ण सदस्यहरुले दुर्घटना बाट मृत्यु वा पुर्ण अशक्तताका लागी रु १ करोड सम्मको विमा सुविधा दम्पतिको लागी २५ वटा घातक रोगहरुको लागी ३० लाख सम्मको विमा सुविधा परिवारका लागी १ लाख ५० हजार सम्मको औषधी उपचार विमा सुविधासमेत प्राप्त गर्न सकिने बैकका दमक शाखा प्रमुख तिर्थ प्रधानले जानकारी दिए ।
बैकले मुलुकभर २ सय ९७ शाखा कार्यलय तथा ३ सय ४६ वटा एटिएम ५८ वटा एक्स्टेन्सन काउन्टर एवं ४१ वटा शाखारहित बैकिङ्गमार्फत सञ्चालनमा रहेको बैकको देशभर १८ लाख ग्राहाक रहेका छन् । ग्राहाकले देशभरका कुनै पनि बैकको एटएिमबाट निःशुल्क रुपमा रकम निकाल्न साथै कर्जामा समेत विशेष छुट पाउने बैकले जनाएको छ । बैकले नेपाल सरकार लाई ३ अर्ब १५ करोड राजश्व बुझाएको छ भने अन्य बैंक तथा वित्तिय संस्थाहरको न्युन उपस्थिती रहेका मुगु, कालिकोट, बझाङ्ग, रुकुम, जुम्ला लगाउतका जिल्ला र ३४ वटा भन्दा बढी स्थानियतहमा शाखा विस्तार गरेर ग्रहाकलाई सेवा प्रदान गरिरहेको बैकले जनाएको छ ।

Back to top button