कमल । पतञ्जलि योग समिति कमल गाउँपालिकको आयोजनामा आज तिज मिलन कार्यक्रम २०७६ सम्पन्न भएको छ ।
कमल गाउँपालिका ३ स्थित सिंहदेवि मन्दिरको प्राङ्गणमा भएको तिज मिलन कार्यक्रममा सामुहिक दिदि बहिनी लाई सामुहिक दर खुवाएर नाचगान गर्नुका साथै लघुनाटक समेत प्रस्तुत गरेर तिज मनाएको समितिले जनाएको छ ।

समितिका अध्यक्ष कृष्णप्रसाद ओझा को अध्यक्षतामा भएको कार्यक्रममा तिजका कार्यक्रम संसारमा यो ठाउँमा हुदैन भन्ने नै छैन जहाँ नेपालि चेलि पुगेका छन् त्याहाँ संसारभर तिजका कार्यक्रम मनाउने गरेको प्रमुख अतिथी कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताईन् ।
देशका युवाहरु सवै विदेश गएका छन् । अहिले युवाको संख्या दिनानुदिन कम हुँदै गएकोले वृद्धवृद्धा लाई वृद्धाश्रममा लगेर राख्ने चलनको विकास भएको बताउदै यसले समाज नकारात्क असर पुग्ने भएकोले यसको अन्त्य हुनुपर्ने काफ्लेले बताईन् ।
कार्यक्रम सिंहदेवि मन्दिरका अध्यक्ष भोला कोईराला, पतञ्लि योग समिति झापा जिल्ला सदस्य उमानाथ भण्डारी प्रदेश नम्वर १ का युवा प्रभारि बाबुराम बस्नेत लगायतले तिज विषेश कार्यक्रमको शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम लाई ईन्दिरा गौतम र भगवति राईले सन्चालन गरेका थिए ।