गुहेस्वरिमा एस .आई .पी .र सामाजिक प्रतिबेदन सार्बजनिक

कमल । झापाको कमल गाउँ पालिका ५ स्थित श्री गुहेस्वरी आधाभुत बिद्यालयले एक कार्यक्रम बिच बिधालय सुधार योजना २०७६९एस।आई।पी० र सामाजिक परिक्षण प्रतिबेदन २०७५र०७६ सार्बजनिक गरेको हो ।

कार्यक्रम विद्यालयको आर्तिक वर्ष २०७५र०७६ मा भएको आय व्याय साथै बिधालयको गतिबिधीका वारेमा शिक्षक टंक प्रसाद गजुरेलले
प्रतिबेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन सम्मत बाट पारित गरिएको थियो ।
विद्यालयले तयार पारेको ४५ पृष्ठ लामो बिधालय सुधार योजना २०७६ बिधालयका शिक्षक मदन अधिकारिले प्रस्तुत गरेका थिए कार्यक्रममा वालवालिकाको पहिलो पाठशाला भनेको आमा भएकाले आफ्ना बालबालिकालाई घरमा पठन पाठनका लागी घरमा सहयोग गर्नुपर्ने आमा समुहकी अध्यक्ष चन्द्रा तमाङले बताईन् ।
सामाजिक प्रतिबेदन निर्माण समिती सम्योजक तथा शिक्षक अविभावक संघका अध्यक्ष नन्दकुमार न्यौपानेको सभापतित्वमा सन्चालन भएको कार्यक्रममा प्रमुख अतिथी सोही बिधालयका व्यवस्थापन समितीका अध्यक्ष भोजकुमार घिमिरे रहेका थिए ।
बिधालयका प्रध्यान अध्यापक ऋषिराज भण्डारीले स्वागत मन्तब्य राखेका थिए भने साहायक प्रध्यान अध्यापकल बिष्णु प्रसाद खनाले सञ्चालन गरेका थिए ।

Back to top button